प्रतिनिधिसभा बैठकको शुन्य समय : प्रधानमन्त्रीले राजा महाराजा भन्दा आफूलाई महान ठान्न थाले | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

प्रतिनिधिसभा बैठकको शुन्य समय : प्रधानमन्त्रीले राजा महाराजा भन्दा आफूलाई महान ठान्न थाले

pratinidhisava

काठमाडौं, २६ चैत । सांसदहरुले समसामयिक राजनीति र क्षेत्रगत समस्याबारे सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकको शुन्य समयमा बोल्दै सांसद लालकाजी गुरुङ्गले प्रतिनिधिसभालाई वेवास्ता गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले राजा महाराजा भन्दा महान ठान्ने गरेको आरोप लगाएका छन् ।

सांसद लालबहादुर थापाले गत साउन ४, २५ र भाद्र २ गतेको बाढी र पहिरोले बाजुरा जिल्लाका विभिन्न नगरपालिकाका वडाहरुमा खेतीयोग्य भूमि बगाएको र कयौ विस्थापित भएको भन्दै विस्थापित परिवारलाई पुनस्र्थापना गरी उचित राहतको व्यवस्था गर्न माग गरे ।

सांसद बिमला विश्वकर्मा तथा सांसद शान्ता चौधरीले ३ वर्षीय अवधिमा सरकारले गरेका कामहरुको स्वागत गरे । सांसद सत्यनारायण शर्मा खनालले बास र गाँस नभएको जात चेपाङ बस्तीहरु चलाउने र भत्काउने काम गरेको भन्दै सत्य पहाडीले प्रधानमन्त्री केपी ओली शर्माले असंवैधानिक ढंगले प्रतिनिधिसभा विघटन गरेर सांसद र संसदको अपमान मात्रै नभई अस्तित्वलाई समेतलाई धुलोमा मिलाउने कोशिस गरेको आरोप लगाए ।

सरलाकुमारी यादवले नेपालबाट दैनिक बालबालिका हराउने क्रम बढ्दै गएको भन्दै आफ्ना नागरिकको जीवनको सुरक्षा गर्नु राज्यको दायित्व भएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराइन् । सरिता कुमारी गिरीले बालबिकास केन्द्रहरुमा कार्यरत शिक्षकहरुले श्रम ऐन अनुसार पारिश्रमिक नपाएको भन्दै आगामी बजेटमा ती शिक्षकका लागि उचित पारिश्रमिकको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराईन् ।

सांसद सिता देवी यादवले शान्ति सम्झौताको १४ बर्ष भईसक्दा पनि द्धन्द्धकालीन समयमा वेपत्ता पारिएका व्यक्ति र द्धन्द्ध पीडीतले न्याय नपाएको भन्दै उनीहरुलाई न्याय गरी आत्मसम्मानका साथ बाँच्न पाउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराईन् । सांसद सुरेशचन्द्र दासले सर्वोच्च न्यायलय र जनताबाट पुरस्कृत ओली सरकारको विकल्प नहुनु दुर्भाग्यपुर्ण र रहस्यमय रहेको बताए ।

सांसद स्मृति नारायण चौधरीले दिल्लीबाट चीनबाट ट्रेन आउँछ भनेर ओली सरकारले भ्रम छर्ने काम गरेको आरोप लगाए । सांसद संञ्जय कुमार गौतमले बाघ, हात्ती र गैंडाको आंतकले बर्दिया राष्ट्रिय निकुञ्ज आसपास मध्यवर्ती क्षेत्रमा रहेका बद्रियालीहरु प्रताडित भएको भन्दै मध्यवर्ती क्षेत्रमा कामगर्ने, पर्यटन व्यवसायी तथा स्थानीयको जीवनरक्षाको प्रत्याभुति गर्दै पीडितलाई तत्काल राहतको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);