भारतमा फैलिएको दोस्रो चरणको कोरोनाबाट होसियार हुनुहोस् : प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

भारतमा फैलिएको दोस्रो चरणको कोरोनाबाट होसियार हुनुहोस् : प्रधानमन्त्री ओली

काठमाडौं, २६ चैत । ‘हामीले देश विकास गरिरहेका छौं, गर्न सक्छौं र गर्नैपर्छ’ –प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका छन् । नेपाल चेम्बर अफ कमर्सले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओली अब देशले औद्योगिक क्षेत्रमा व्यापक प्रगति गर्ने बताए ।

प्रधानमन्त्रीले भने ‘सबै कुरा गर्न सक्ने क्षमता एकैजना मान्छेमा हुदैन । तर, हामीले आ–आफ्नो क्षेत्रबाट राम्रोसँग काम गरौं । देश विकास गर्नेे जिम्मेवारी हाम्रै हो । कसैले गरेर दिँदैन ।’ ‘हामी सबैलाई सँगै लैजान चाहन्छौं । देश बनाउन अब कुना–कुनाबाट विकास थाल्नुपर्छ । सबै ठाँउबाट देश उठाउने हाम्रो जिम्मेवारी हो’ उनले भने ।

समृद्ध नेपाल, सुखी नेपाली’ को महान अभिभारालाई सार्थक पार्न उद्योगी व्यापारीहरुको महान भूमिका हुने प्रधानमन्त्री ओलीले बताए । ‘देश विकास हामीले नै गर्न सक्छौं भन्ने आत्मविश्वास छ, हामी देश बनाउन सक्छौं । सरकारसँग–सँगै उद्योगीहरु अगाडी बढ्नुस् । सरकारले गर्ने सबै सहयोग गर्छ ।

कोरोनाले विश्व थलिएका बेला पनि देशको आर्थिक बृद्धिदर नखस्केकोमा सन्तोष प्रकट गर्दै प्रधानमन्त्रीले कारोनालाई नेपालले जितिरहेको बताए। । तर, पछिल्लो समयमा भारतमा फैलिइरहेको नयाँ खालको कोभिड संक्रमणबारे भने प्रधानमन्त्रीले चिन्ता प्रकट गरे । उनले होसियारी अपनाउन पनि अपिल गरे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);