जसपा ठाकुर पक्षलाई लिखित जवाफ पेश गर्न निर्वाचन आयोगले पठायो पत्र | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

जसपा ठाकुर पक्षलाई लिखित जवाफ पेश गर्न निर्वाचन आयोगले पठायो पत्र

nirbachan ayog-upanirbachan

काठमाडौँ । जनता समाजवादी पार्टीको उपेन्द्र पक्षले निर्वाचन आयोगमा आधिकारिकता दाबी गरेपछि निर्वाचन आयोगले अर्को अध्यक्ष महन्थ ठाकुर पक्षसंग लिखित जवाफ पेश गर्न माग गरेको छ । निर्वाचन आयोगको आइतबार बसेको बैठकले ठाकुर पक्षलाई लिखित जवाफ पेश गर्न भन्दै पत्र काटेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताएका हुन्।

प्रवक्ता श्रेष्ठका अनुसार आयोगको बैठकले अध्यक्ष ठाकुर पक्षलाई राजनीति दलको ऐनसम्बन्धी २०७३ को दफा ४४ को उपदफा २ अनुसार पत्र काटेको र उहाँहरुको जवाफ आएलगतै प्रक्रिया अघि बढाइने बताइएको छ । निर्वाचन आयोगले अध्यक्ष यादव पक्षले दाबी गरेको निवेदनको प्रतिलिपिसहितको पत्र पठाउने तयारी गरेको प्रवक्ता श्रेष्ठको भनाई छ।

अध्यक्ष यादव पक्षले आइतबार निर्वाचन आयोगमा पुगेर बहुमत केन्द्रीय कार्यकारिणी समितीको बहुमतसहित निर्वाचन आयोगमा आधिकारिकता सहितको निबेदन पेश गरेको हो । यादव पक्षले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार आधिकारिकता दाबी गरेका थिए ।

अध्यक्ष यादव पक्षले ५१ सदस्यीय कार्यकारिणी समितिमा ३० जनाको हस्ताक्षरसहित निर्वाचन आयोगमा दाबी गरेका छन् । तर, अर्का अध्यक्ष यादव समूहले कार्यकारिणी समितिमा एकलौटी रुपमा हेरफेर गरेको भन्दै ठाकुरको उक्त कार्यलाइ जालसाझीको आरोप लगाएका छन् ।

प्रधानमन्त्री केपी ओलीले पुष ५ गते प्रतिनिधि सभा विघटन गरेपश्चात जसपा भित्रको विवाद चरम उत्कर्षमा पुगेको हो । अहिले जसपा महन्थ पक्ष सरकारमा रहेको छ भने अर्का अध्यक्ष यादव पक्ष सरकारको विरोधमा उभिएको छ । प्रतिनिधिसभा पुनःस्थापना पछि पनि महन्थ समूह ओली नेतृत्वको सरकारको निरन्तरतामा रहिरह्यो। तर, उपेन्द्र–बाबुराम समूह भने ओली नेतृत्वको सरकार कुनै पनि बेला ढाल्ने दाउमा रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);