पार्टी छोडेर अन्यत्र लागेकालाई निष्कासन गर्ने माओवादी केन्द्रको निर्णय | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

पार्टी छोडेर अन्यत्र लागेकालाई निष्कासन गर्ने माओवादी केन्द्रको निर्णय

maobadi kendra

काठमाडौं । माओवादी केन्द्रले नेकपा एमाले प्रवेश गरेका १४ जना स्थानीय तहका जनप्रतिनिधिलाई कारबाही गरेको छ ।

माओवादी केन्द्रको सोमबार बिहान आकस्मिक केन्द्रीय समितिको बैठकले तत्कालीन माओवादीबाट निर्वाचित भएका तर, पछिल्लो समय एमालेमा प्रवेश गरेका जनप्रतिनिधिहरुलाई कारबाही गरेको हो ।

भर्चुअल माध्यमबाट बसेको केन्द्रीय बैठकले उनीहरुलाई साधारण सदस्यबाटै हटाइएको छ ।

बैठकले रौतहटको मौलापुर नगरपालिका प्रमुख रिना कुमारी साह, रौतहटकै कटहरिया नगरपालिका प्रमुख सियाराम कुशवाहालाई कारबाही गर्दै माओवादीबाट निष्कासन गरेको छ ।

त्यसैगरी रौतहटकै देवाही गोनाही नगरपालिका, मैलापुर नगरपालिका, फतुवाविजयपुर नगरपालिका, माधवनारायण नगरपालिका, यमुनामाई गाउँपालिकाका उपप्रमुखहरु क्रमशःपरिनिया देवी, गोरीशंकरप्रसाद जयसवाल, कान्ति देवी, सिमल साह, गितादेवी साह पनि बैठकले साधारण सदस्यबाट समेत हटाएको छ ।

साथै बैठकले लहान नगरपालिका सिरहाका नगर कार्यपालिका सदस्य सतमीलाल दास ताती, चम्पादेवी गाउँपालिका–१ ओखलढुंगाका वडाध्यक्ष सुरेश कुमार थापा, सम्सी गाउँपालिका महोत्तरीका अध्यक्ष शेष फारुक, भजनी नगरपालिका कैलालीका उपप्रमुख छाँया देवकोटा, गौरीगंगा नगरपालिका–४ कैलालीका वडाध्यक्ष भागिरथी विष्ट, गोदावरी नगरपालिका– १ कैलालीका वडाध्यक्ष शर्मानन्द भट्ट र बर्दगोरिया नगरपालिका–४ कैलालीका वडाध्यक्ष पुरन वि.सी पनि कारबाहीमा परेका छन् ।

स्थानीय तहका जनप्रतिनिधिका साथै माओवादी केन्द्रले पार्टी छोडेका केही केन्द्रीय नेताहरुलाई समेत कारबाही गरेको छ ।

पार्टीले यसअघि नै पार्टी छोडेकाहरुलाई कारबाही गरेको निर्वाचन आयोगलाई पत्रमार्फत जानकारी गराएको भएपनि केन्द्रीय कमिटीबाटै अनुमोदन हुनुपर्ने प्रावधानका कारण आयोगले सोबारे निर्णय लिएको थिएन । तर सोमबारको बैठकले पार्टी छोडेकाहरुलाई गरेको कारबाहीको प्रस्ताव अनुमोद गरेपछि भन आयोगले पनि निर्णयका लागि प्रक्रिया थाल्ने छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);