माओवादी केन्द्रले पार्टीबाट निष्कासन गरेको विवरण आयोगलाई बुझायो | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

माओवादी केन्द्रले पार्टीबाट निष्कासन गरेको विवरण आयोगलाई बुझायो

nirbachan ayog new

काठमाडौँ। नेकपा माओवादी केन्द्रले दल त्याग गरेका १७ केन्द्रीय सदस्य र १४ जनप्रतिनिधिलाई निष्कासन गरेको छ । सोमबार बसेको माओवादी केन्द्रको बैठकले उनीहरुलाई पार्टीबाट निष्कासनको कारबाही गरेको पार्टी सचिव श्रीराम ढकालले जानकारी दिए । पार्टीले गरेको उक्त निर्णयसहित आजै दल दर्ता किताबमा रहेको विवरण सच्चयाउन आयोगमा पत्र पठाइएको सचिव ढकालले जानकारी दिएका छन् ।

निष्कासनको कारबाहीमा परेका १७ जना केन्द्रीय सदस्यमा रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, प्रभु साह लगाएतका रहेको बताइएको छ ।

यसअघि नै कारबाहीको जानकारी गराए पनि निर्वाचन आयोगले केन्द्रीय समितिको निर्णय माग गरेपछि माओवादी केन्द्रले केन्द्रीय समितिबाट निर्णयसहित आयोगमा पठाएको हो । माओवादीबाट निर्वाचित भइ एमाले बनेका कारण कारबाहीमा परेकाहरुमा दुई नगरपालिकाका मेयर, गाउँपालिका अध्यक्ष, वडाध्यक्ष र वडा सदस्यहरु रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);