पार्टीसँग कुनै सरोकार नराख्ने व्यक्तिले दल दर्ता र खारेजीसम्बन्धी संविधान विपरीत दुष्प्रचार ग-यो : माओवादी केन्द्र | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

पार्टीसँग कुनै सरोकार नराख्ने व्यक्तिले दल दर्ता र खारेजीसम्बन्धी संविधान विपरीत दुष्प्रचार ग-यो : माओवादी केन्द्र

maobadi

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीसँग कुनै सरोकार नराख्ने व्यक्तिले दल दर्ता र खारेजी सम्बन्धी संविधान विपरीत दुष्प्रचार गरेको भन्दै आपत्ति जनाएको छ ।

माओवादी केन्द्रका केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले शुक्रबार प्रेस वक्तव्य जारी गर्दै पार्टीसँग कुनै पनि सरोकार नराख्ने व्यक्ति निवेदक रहेको र दल दर्ता र दल खोरेजी सम्बन्धी सामान्य कानुनी प्रक्रिया समेत जानकारी नभएको व्यक्तिले यस्तो कार्य हास्यास्पद भएको भन्दै टिप्पणी गरेका छन् ।

दल दर्ता खारेजी सम्बन्धमा भनी सरोज बुढाथोकीले प्रमुख निर्वाचन आयुक्तलाई सम्बोधन गरी निर्वाचन आयोगमा दर्ता गराएको भन्ने कुरा जानकारीमा आएकोमा पार्टीको ध्यान आकृष्ट भएको वक्तव्यमा उल्लेख छ ।

संविधान, कानुन, विधि, विधान विपरीत दुष्प्रचार गरिएको भन्दै पार्टीले आफ्ना नेता कार्यकर्तालाई भ्रममा नपर्न समेत आग्रह गरेको छ ।

वक्तव्यमा लेखिएको छ–‘केही अवसरवादी, स्वार्थी, लालची, अनैतिक तत्वले यस प्रकारको दुष्प्रचार गरी पार्टीलाई बदनाम गराउन सकिन्छ भन्ने मनशायले उक्त कार्य गर्न गराउन प्रयत्न गरेको देखिन्छ । संविधान, कानुन, विधि, विधान विपरीत दुष्प्रचार गरिएकोमा पार्टीका सम्पूर्ण अंग, नेता, कार्यकर्ता शुभचिन्तक भ्रममा नपर्न आग्रह गर्दछौं । हाम्रो पार्टी त्यस्तो कुनियतको दुष्प्रचारलाई खारेज गर्दछ । ’

त्यसतो अनाधिकृत तथा आयोगसँग बेसरोकार निवेदन दर्ता स्वीकृत गर्दा अनावश्यक भ्रम सिर्जता हुने भन्दै आगामी दिनहरुमा आयोगले यस्तो निवेदनहरु स्वीकृत नगर्न समेत वक्तव्यमा आग्रह गरिएको छ ।

माओवादी छोडेर एमालेमा लागेको नेताहरुले गएको बुधबार असार २३ गते माओवादी केन्द्रको लामो समयदेखि महाधिवेशन नभएकाले पार्टी नै अवैधानिक भएको भन्दै दल खारेज गर्न निर्वाचन आयोगमा निवदेन दर्ता गराएका थिए । सोही निवेदनको प्रगति विवरण बुझ्न टोपबहादुर रायमाझी, प्रभु साह, गौरीशंकर चौधरी, मणि थापालगायतका नेताहरु आज पनि आयोग पुगेका थिए ।

यो पनि पढ्नुहोस

निवेदनको प्रगति बुझ्न निर्वाचन आयोग पुगे पूर्वमाओवादी नेताहरु

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);