माओवादी केन्द्रलाई पूर्वसहकर्मीबाटै चुनौती | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

माओवादी केन्द्रलाई पूर्वसहकर्मीबाटै चुनौती

केशर कार्की,
काठमाडौं । नेकपा माओवादी केन्द्र परित्याग गरि एमालेमा प्रवेश गरेका रामबहादुर थापा बादलसहितका नेताहरुले लामो सयमदेखि माओवादी केन्द्रले महाधिवेशन नभएकाले असंवैधानिक भएको भन्दै दल दर्ता खारेजीको मागसहित असार २३ मा निर्वाचन आयोगमा उजुरी दिएका थिए ।

उक्त उजुरीबारे आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले सचिवालयमा छलफल गर्ने भन्दै निवेदन लिएका थिए । अहिले उनीहरु निर्वाचन आयोगमा दर्ज गराएको उक्त निवेदनका बारेमा आयोग के गर्दै छ र अब के हुन्छ भनेर निर्वाचन आयोग धाउन थालेका छन् ।

बुधबार मात्रै आयोगमा दर्ता भएको निवेदनको दुई दिन वित्न नपाउँदै शुक्रबार पूर्वमाओवादीका नेताहरू मणि थापा, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरी आयोगमा पुगेका छन् । आयोगमा पुगेका नेकपा माओवादी केन्द्रका पूर्व नेता टोपबहादुर रायमाझीले माओवादी केन्द्र छापामार र भूमिगत शैलीमा अघि बढ्न खोजेको आरोप समेत लगाए ।

तसर्थ आफूहरुले दलहरुलाई सही ढंगबाट र पार्टीको विधान अुनसार चल्नपर्ने दबावसहित आयोगमा निवेदन दिएको उनको तर्क छ । उनले तोकिएको समयमा महाधिवशेन नगरेर माओवादी पार्टी अवैधानिक भएको भन्दै अवैधानिक पार्टीले वैधानिक जनप्रतिनिधिलाई कारवाही गर्नु असंवैधानिक रहेको जिकिर गरे । यस्ले के प्रष्ट गर्छ भने पूर्व माओवादीका नेताहरुनै नेकपा माओवादी केन्द्रविरुद्धको मोर्चामा एकमत भएर लागिपरेका छन् । उनीहरुले निर्वाचन आयोगलाई समेत समयमै दलहरुलाई महाधिवेशन गराउन पहल गर्न भनेका छन् ।

तर हाल समयमा महाधिवेश नहुने समस्या केवल नेकपा माओवादी केन्द्रमा मात्रै सीमित छैन । महाधिवेशन नहुने समस्या केबल माओवादीमा मात्र हैन धेर थोर अन्य पार्टीमा समेत देखापर्दै आएका छन् । पार्टीको विधानअनुसार देशकै ठूला माउ पार्टी भन्नेहरुले पनि महाधिवेशन गर्न नसक्नु आफैमा चुनौतीको विषय बनेको छ । लोकतान्त्रिक प्रणालीमा खास गरेर लामो समय पार्टीको महाधिवेशन नगर्नु वैधानिक मानिँदैैन । तर नेपालको परिपाटीमा भने सबै दलहरुले लोकतान्त्रिक अभ्यासलाई खासै वास्ता नगरेको देखिन्छ ।

एकातिर एमालेमा प्रबेश पाएका बादलसहितका नेताहरु आयोगलाई ताकेता गर्नु र अर्कोतिर आजै मात्र नेकपा माओवादी केन्द्रले विज्ञप्ति जारी गर्नु संयोग जस्तै बनेको छैन समस्या झनैं जटिल बन्ने हो कि भन्ने आशंका पैदा हुन थालेको छ । पार्टी परित्याग गरेर अन्य पार्टीमा प्रवेश गरेका व्यक्तिले दल दर्ता र खारेजी सम्बन्धी संविधान विपरीत बोल्नुको कुनै अर्थ नरहेको माओवादी केन्द्रले बताएको छ ।

माओवादी केन्द्रले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘‘पार्टीसँग कुनै पनि सरोकार नराख्ने व्यक्ति निवेदक रहेको र दल दर्ता र दल खोरेजी सम्बन्धी सामान्य कानुनी प्रक्रिया समेत जानकारी नभएको व्यक्तिले यस्तो हास्यास्पद कुरा गर्न मिल्दैन।’’ त्यस्तै माओवादी केन्द्रले अनावश्यक भ्रम सृर्जित गर्ने निवदेनलाई प्रश्रय नदिन पनि निर्वाचन आयोगलाई आग्रह गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);