कार्यदलको बैठक जारी, पार्टी एकतालाई आज नै पूर्णता दिने प्रयास : रघुजी पन्त | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

कार्यदलको बैठक जारी, पार्टी एकतालाई आज नै पूर्णता दिने प्रयास : रघुजी पन्त

काठमाडौं । एमालेमा देखिएको विवाद समाधानका लागि गठित कार्यदलको बैठकले पार्टी समस्या समाधानका लागि आज नै पूर्णता दिने बताएको छ ।

सिंहदरबारस्थित अर्थमन्त्रालयमा जारी बैठकले आज नै पूर्णता दिने प्रयास भईरहेको बैठकमा सहभागी रघुजी पन्तले बताएका छन् । कार्यदलको छलफल अझै जारी रहेको उनले जानकारी दिएका छन् ।

छलफल सकरात्मक भएको र सम्भव भएसम्म आज नै पूर्णता दिने उनले बताए । कार्यदलका दुबै पक्षका नेताहरुको धारणालाई सँगै लगेर पूर्णता दिने प्रयास भईरहेको उनले बताए ।

कार्यदल प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपालप्रति उत्तरदायी भएकाले आफूहरुले तयार गरेको प्रतिवेदनलाई पूर्णता दिने अधिकार भने अध्यक्ष ओली र नेपालमा नै रहेको उनले उल्लेख गरे ।

समग्र पार्टीलाई स्वीकार्य हुने प्रतिवेदन तयारीका लागि छलफल भईरहेको उनले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);