सत्तारुढ गठबन्धनको बैठक बस्दै, यस्ता छन् एजेण्डा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

सत्तारुढ गठबन्धनको बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं । सत्तारुढ गठबन्धनमा आवद्ध दलहरूको बैठक आज बस्ने भएको छ ।

मन्त्रिपरिषद विस्तारलाई पूर्णता दिने प्रयासमा आज सत्तारुढ दलका नेताहरु बैठकमा बस्ने भएका हुन् । अपराह्न बोलाइएको बैठकले मन्त्रिपरिषद विस्तारमा सहमतिको प्रयास खोज्ने छ ।

साथै सबै प्रदेशमा मुख्यमन्त्री चयन भइसकेको अवस्थामा अब सत्तासाझेदार दलका लागि मन्त्रिपरिषदलाई पूर्णता दिनु नै पहिलो प्राथमिकता भएको छ । त्यही विषयमा प्रधानमन्त्री प्रचण्डले बुधबार उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकसमेत रहनुभएका एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि छलफल गर्नुभएको छ । छलफलमा मन्त्रिपरिषद् विस्तारका साथै राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख पदको भागबन्डाबारे पनि कुराकानी भएको जनाइएको छ ।

प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने सहमति अनुसार नै गृहकार्य भइरहेको छ । यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भइ ११ गते पद तथा गोपनीयताको शपथ लिनुभएका प्रधानमन्त्री प्रचण्डले तत्काल सानो आकारको मन्त्रिमण्डल गठन गरेपनि यसले पूर्णत भने पाएको छैन । गठबन्धनको बैठक अघि अहिले ओली र प्रचण्डबीच बालुवाटारमा छलफल जारी छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);