घनश्याम भुसाललाई माधव नेपालले स्वागत गर्ने | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८०, आइतबार

घनश्याम भुसाललाई माधव नेपालले स्वागत गर्ने

काठमाडौं । घनश्याम भुसाल नेकपा एकीकृत समाजवादी प्रवेश गर्ने भएका छन् ।

भुसाल मंसिर ४ गते भएको प्रतिनिधिसभा चुनावमा नेकपा एमाले परित्याग गरी रुपन्देही १ बाट स्वतन्त्र चुनाव लडेका थिए ।

भुसाल शुक्रबार एक कार्यक्रमकाबीच नेकपा एस प्रवेश गर्ने कार्यक्रम तय भएको छ ।

एमाले स्थायी कमिटी सदस्य रहेका भुसालले मंसिर ४ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा पार्टीबाट टिकट पाएका थिएनन् । तत्कालीन नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धनले समर्थन गरे पनि उनले चुनाव जित्न सकेनन् । उनले चुनाव नेकपा एमालेका सचिव छविलाल विश्वकर्मासँग हारेका थिए ।

नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले उनलाई शुक्रबार पार्टीमा स्वागत गर्ने नेकपा (एस)का एक नेताले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);