राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनलाई विचार गरेर विश्वासको मत दिएका हौंः शेखर कोइराला | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनलाई विचार गरेर विश्वासको मत दिएका हौंः शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनलाई विचार गरेर आफूहरूले सरकारलाई विश्वासको मत दिएको बताएका छन् ।

विराटनगरमा बिहीबार पत्रकारहरूसँग कुरा गर्दै नेता कोइरालाले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा देशभरका सबै सांसदहरूले मत हाल्न पाउने अधिकार भएकाले आफूहरूले पनि उम्मेदवारी दिने बताउँदै यी सबै कुरालाई मध्यनजर गरेर काँग्रेसले विश्वासको मत दिएको प्रष्ट पारे ।

कांग्रेसले सरकारको गुण र दोषका आधारमा प्रश्न उठाउने र समर्थन गर्ने भन्दै प्रतिपक्षी भूमिकामै रहने उनको भनाइ थियो । नेता कोइरालाले संवैधानिक निकायमा शक्ति बाँडफाँटको विषयमा अहिले कुनै कुरा नभएको जिकिर गरे ।

विश्वासको मतका लागि सरकारसँग भएको ‘बार्गेनिङ’ बारे आफूलाई थाहा नभएको उनले बताए । नेकपा माओवादी केन्द्रले राष्ट्रपतिमा आफूहरूलाई सहयोग गर्छ कि भन्ने सोच पार्टीले बनाएको नेता कोइरालाको भनाइ छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);