घनश्याम र योगेशलाई फकाउने अध्यक्ष ओलीको योजना असफल, नेता नेपालले भने कुनै सहमति भएकौ छैन | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

घनश्याम र योगेशलाई फकाउने अध्यक्ष ओलीको योजना असफल, नेता नेपालले भने कुनै सहमति भएकौ छैन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवंम प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले नेता माधव कुमार नेपाल पक्षीय नेताहरू घनश्याम भुसाल र योगेश भट्टराईसँग लामो छलफल गरेका थिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष ओलीले बिहीबार राती नेपाल पक्षका दुइ नेताहरुसंग तीन घण्टा लामो छलफल गरे । दुई नेताहरुसंगको छलफलमा एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले पार्टीलाई मिलाएर लैजान चाहेको बताएका थिए ।

यता माधव नेपाल समूहमा रहेका योगेश भट्टराई, गोकर्ण विष्ट लगायतका नेताहरुलाई आफ्नो कित्तामा ल्याउने प्रयास ओली समूहका नेताहरुले गर्दै आइरहेका बेला बिहीबार राति प्रधानमन्त्री निवास बालुवाटारमा ओलीले भुसाल र भट्टराईसँग तीन घण्टा लामो दुई पक्षीय छलफल गरे ।

यस अघि पनि योगेश भट्टराईसँग महासचिव ईश्वर पोखरेलले पनि छलफल गरिसकेका छन् । त्यस्तै अर्थमन्त्री विष्णु पौडेलले गोकर्ण विष्ट लगायतका नेताहरुसँग बेग्ला बेग्लै छलफल गरिसेका छन् । यो ताता भेटको कुरा नसेलाउँदै प्रधानमन्त्री ओलीले फेरी अर्को भेट गरेका छन् ।

बिहीबार राति भुसाल र भट्टराईसँग छलफल गर्नुअघि अध्यक्ष ओली राष्ट्रपति कार्यलय शीतलनिवास पुगेर फर्किएका थिए । ओलीले भेट्नु पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठ नेता माधवकुमार नेपालसँग कुराकानी गरेकी थिइन । तर , प्रधानमन्त्री ओलीले छलफलकाक्रम्मा आफूलाई सयोग गर्न र पार्टीलाई एक बनाउनमा सहयोग गर्नुपर्नेमा जोड दिएको छलफलमा सहभागी भएका एक नेताले बताएका छन् ।

तर, प्रधानमन्त्री ओली अहिलेसम्म पार्टीलाई जेठ २ का अवस्थामा फर्काउन तयार नदेखिएको माधव नेपाल पक्षधर नेताहरुको ठम्याँई रहेको छ । तर, यता शुक्रबार एमाले नेता माधवकुमार नेपालले ओलीसँग कुनै सिन सहमति नभएको बताएका छन् । उनले भने ‘अहिलेसम्म कुनै सहमति भएको छैन् ।

२०७७ फागुन २८ र त्यसपछि बसेका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरु फिर्ता लिइनुपर्छ र ०७५ जेठ २ गतेको कमिटी विधान र नेतृत्व नै प्रमुख बटमलाइन भएको भन्दै पार्टीका नेता तथा कार्यकर्तालाई कुनै भ्रम्मा नपर्न आग्रह समेत गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);