खनाल-नेपाल पक्षीय बैठकद्वारा समानान्तर कमिटी गठन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

खनाल-नेपाल पक्षीय बैठकद्वारा समानान्तर कमिटी गठन

काठमाडौं, २९ फागुन। नेकपा एमालेमा माधव कुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाल पक्षीय केन्द्रीय कमिटिको बैठकले समानान्तर कमिटी गठन गरेको छ ।

शुक्रबार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेपाल र खनाल नजिकका नेताहरुलाई जिम्मेवारीबाट हटाएपछि शनिबार बसेको केन्द्रीय कमिटी बैठकले समानान्तर कमिटी गठन गरेको हो । विस्तारित समानान्तर कमिटी अनुसार प्रदेश १ को संयोजकको जिम्मा भीम आचार्य, प्रदेश २ को घनश्याम भुसाल, वागमती प्रदेशको अष्टलक्ष्मी शाक्यलाई दिइएको छ ।

त्यसैगरी गण्डकी प्रदेशको जिम्मा सुरेन्द्र पाण्डे, लुम्बिनी प्रदशे र कर्णाली प्रदेशको जिम्मा युवराज ज्ञवाली र प्रदेश ७ को जिम्मा भीम रावललाई दिइएको बताइएको छ ।

यसका साथै बैठकले युवा विभागमा रघुजी पन्त, विद्यार्थी विभागमा गोकर्ण विष्ट, प्रचार विभागमा योगेश भट्टराई, महिला विभागमा अष्टलक्ष्मी शाक्य र बुद्धिजीवी विभागमा प्रमेश हमाललाई प्रमुखको जिम्मेवारी दिइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);