नेपाल पक्षले एमालेमा तीब्र बनायो समानान्तर कमिटी गठन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

नेपाल पक्षले एमालेमा तीब्र बनायो समानान्तर कमिटी गठन

काठमाडौं, ८ चैत । नेकपा एमालेको ओली पक्षले नेपाल पक्षका चार नेताहरुलाई गुटगत भेला गरेको भन्दै स्पष्टीकरण माग्ने निर्णय गरेपनि नेपाल पक्षले सोको बेवास्ता गर्दै आफ्नो समानान्तर गतिविधिलाई निरन्तरता दिएको छ । नेकपा एमालेको नेपाल खनाल पक्षले पार्टीको भातृ संगठनहरुमा आफूनिकटका नेताहरुलाई नेतृत्वमा चयन गरेर आफ्नो समानान्तर गतिविधिलाई निरन्तरता दिएको हो ।

नेकपा एमाले निकट महिला संघ, अखिल नेपाल महिला संघ तथा युवा संघहरुमा आफू निकटकालाई नेतृत्वमा चयन गरेर समानान्तर कमिटी गठन गरेको छ । ललितपुरमा सम्पन्न नेपाल खनाल पक्षको राष्ट्रिय भेला लगत्तै भएको महिला भेलाले अखिल नेपाल महिला संघको अध्यक्षमा जयन्ती राईलाई चयन ग¥यो । महिला संघको अध्यक्षमा सीता पौडेल हुँदा हुँदै पनि नेपाल पक्षले राईको नेतृत्वमा समानान्तर कमिटी गठन गरेको हो ।

योसँगै एमाले सम्बद्ध महिला संघ औपचारिक रुप मै विभाजित भएको छ । अध्यक्ष राईका अनुसार भेलाले ४ सय ७५ सदस्यीय केन्द्रीय कमिटी बनाएको छ । शनिवार सम्पन्न माधव नेपाल पक्षीय युवा संघको भेलाले नरेश शाहीलाई अध्यक्षमा चयन गरेसँगै युवा संघ पनि विभाजित भएको छ । भेलामा संघका वरिष्ठ उपाध्यक्षमा क्रान्ति बुर्लाकोटी र महासचिवमा दिपक जीएम सहित नयाँ नेतृत्व चयन गरेको थियो ।

तर एमालेको ओली पक्षले भने नेकपा विभाजन भए लगत्तै वचनबहादुर सिंहको नेतृत्वमा युवासंघ पुनर्गठन गरेको थियो । माधव नेपाल पक्षले चैत १० गते विद्यार्थी भेला गरी अनेरास्ववियुको पनि नयाँ नेतृत्व चयन गर्ने बताइएको छ । यति मात्र नभई नेपाल पक्षको भेलाले देशैभरका कमिटीहरुमध्ये आफू निकटका नेतृत्व भएकाहरुमा यथावत राखी नभएकामा नयाँ कमिटी बनाउने निर्णय गरेको छ ।

देशैभरका कमिटीहरुमध्ये विगतमा माधव नेपाल पक्षको नेतृत्व भएकाहरुलाई यथावत क्रियाशील गराउने र नभएका ठाउँमा सोही कमिटीका सिनियर नेताको संयोजकत्वमा नयाँ कमिटी बनाउने निर्णय नेपाल पक्षको भेलाले गरेको थियो

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);