नेपाल खनाल पक्षले आज बागमती प्रदेश कमिटी घोषणा गर्ने | ईमाउण्टेन समाचार

Our Network

भदौ १७ २०८३, बिहीबार

नेपाल खनाल पक्षले आज बागमती प्रदेश कमिटी घोषणा गर्ने

काठमाडौं, २४ चैत।  नेकपा एमालेको नेपाल खनाल पक्षले आज बागमती प्रदेश कमिटी घोषणा गर्ने भएको छ ।

अध्यक्ष केपी शर्मा ओलीका निर्णयप्रति असन्तुष्ट रहँदै आएको उक्त समूहले बागमती प्रदेश कमिटी घोषणा गर्ने भएको हो । दुई दिन अघिमात्रै नेपाल खनाल समूहले बसन्त मानन्धर को नेत्रृत्वमा २ सय ५० सदस्य जिल्ला कमिटी गठन गरेको थियो ।

अध्यक्ष ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई कारबाही गरेपछि नेपाल खनाल समूह रुष्ट छ ।

यसअघि नै उक्त समूहले विभिन्न जिल्ला र भ्रातृ संगठनहरूमा समानान्तर कमिटी गठन गरिसकेको छ । संस्थापन समूहले भने समानान्तर कमिटीमा बस्नेलाई कारबाही हुन सक्ने बताएको छ ।

Leave a Reply

ताजा समाचार