बागमती प्रदेशसभाको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

बागमती प्रदेशसभाको बैठक बस्दै

काठमाडौं, २४ चैत ।  आज बागमती प्रदेशसभाको बैठक बस्दै छ ।

दिउँसो १ बजे बस्ने सातौँ अधिवेशन बैठकमा कार्यव्यवस्था परामर्श समितिको बैठकबाट निर्णय भएर आएका कार्यसूचीहरु प्रस्तुत हुनेछन् ।

प्रदेशसभाको बैठक बस्नुअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने बताइएको छ । यस्तै बैठकमा राष्ट्रिय सरोकारसँग सम्बन्धित विषयको प्रस्तावबारे पनि जानकारी दिइने कार्यसूची रहेको छ ।

बैठकमा सत्तारुढ दल नेकपा एमाले, प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्र र दोस्रो प्रतिपक्ष दल नेपाली कांग्रेसका संसदीय दलका नेता बस्ने कुर्सीको व्यवस्थापन गरिएको छ ।

गत माघ ७ गते सातौँ अधिवेशन बैठक सुरु भएर गएको माघ ९ गते मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध परेको अविश्वासको प्रस्तावमाथि सामान्य छलफल भएर त्यसै दिनदेखिअनिश्चितकालका लागि स्थगित गरिएको थियो । बागमती प्रदेशसभामा १ सय १० जना प्रदेशसभाका सदस्य रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);