बागमती प्रदेश सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

बागमती प्रदेश सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं, १० फागुन । आज बागमती प्रदेश सभाको बैठक बस्दै छ । आजको बैठकमा प्रदेश सरकारबाट जारी भएका अध्यादेशहरुको प्रतिस्थापन विधेयक पेस हुने सम्भावित कार्यसूची रहेपनि बिहान ११ बजे बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यसूची तय गर्ने जनाइएको छ ।

मुख्यमन्त्री राजेन्द्र पाण्डे नेतृत्वको अघिल्लो सरकारले जारी गरेका पाँच वटा अध्यादेशलाई आज नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्मकट्टेल नेतृत्वको वर्तमान सरकारले गत पुस १८ गते सदनमा पेस गरेको थियो ।
अध्यादेश पेस भएको ६० दिनभित्र प्रतिस्थापन विधेयकमार्फत् पारित गरी प्रमाणित गर्नुपर्ने प्रदेश सभा नियमावलीको व्यवस्थाअनुसार आज प्रदेश सभा बैठक बस्न लागेको हो ।

आज निजामती कर्मचारीसँग सम्बन्धित दुई अध्यादेशको प्रतिस्थापन विधेयक आजको बैठकमा पेस गरिने प्रदेश सभा सचिवालयले जनाएको छ । त्यस्तै, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ संशोधन सम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक पनि पेस गर्ने कार्यसूची छ ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);