प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक जारी

काठमाडौं । संघीय संसद् भवनमा प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक जारी छ । सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको हो ।

बिहीबार प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठकले आजको प्रतिनिधिसभामा पेस हुने कार्यसूची तय गर्नेछ । संसद्ले आजको प्रतिनिधिसभा बैठकमा राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक पेस हुने कार्यतालिका सार्वजनिक गरेको छ ।

गृहमन्त्री बालकृष्ण खाँणले विधेयक प्रतिनिधिसभामा पेस गर्ने र आजै प्रतिनिधिसभाले पास गर्ने सरकारको तयारी छ । प्रमुख प्रतिपक्षी दल एमालेले भने नागरिकता विधेयकमा सामान्य संशोधन गर्नुपर्ने बताएको छ । त्यसका लागि छलफल हुनुपर्ने उसको माग छ । तर, सत्तारुढ गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको विधेयक हुबहु पास गरेर फेरि प्रमाणीकरणका लागि पठाउने निर्णय गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);