प्रदेश १ सभाको अन्तिम बैठक आज दिउँसो बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

प्रदेश १ सभाको अन्तिम बैठक आज दिउँसो बस्दै

विराटनगर । प्रदेश १ सभाको अन्तिम बैठक शुक्रबार आज दिउँसो बस्दै छ।

प्रदेशसभाको चालु दशौं अधिवेशन मध्यरातबाट सकिँदै छ। प्रदेश प्रमुखको कार्यालयले शुक्रबार मध्यरातबाट प्रदेश सभाको दशौं अधिवेशन अन्त्य हुनेबारेको पत्र बिहीबार प्रदेशसभामा पठाएको छ।

शुक्रबार बस्ने दशौं अधिवेशनको २५औं बैठक पहिलो कार्यकालको अन्तिम बैठक हुनेछ। मंसिर ४ गतेका लागि प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन घोषणा भइसकेको र विशेष अधिवेशन बोलाएर नामकरण गर्ने सम्भावना सकिएकाले पहिलो कार्यकालको अन्तिम बैठक नै शुक्रबारको हुने छ।

अन्तिम बैठकमा प्रदेशको उद्योग, पर्यटन तथा वातावरण समितिको आर्थिक वर्ष २०७८–०७९ को वार्षिक प्रतिवेदन र प्रदेश प्रज्ञा प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि सोही समितिले यता गरेको प्रतिवेदन पेस गर्ने र पारित गर्ने प्रस्तावित कार्यसूची रहेको छ। अन्त्यमा सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश प्रमुखको कार्यालयबाट अधिवेशन अन्त्य सम्बन्धीको पत्र पढेर सुनाउने छन्।

गत भदौ १२ गतेको मन्त्रिपरिषद्को बैठकले प्रदेशसभाको दशौं अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो। सोही दिने प्रदेशसभाले प्रदेश सभाले साउन २२ गतेदेखि स्थगित बैठक भदौ १७ गते दिउँसो १ बजे बस्ने सूचना प्रकाशित गरेको थियो।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);