गण्डकी प्रदेश सभाको बैठक बस्दै, मुख्यमन्त्रीविरूद्धको अविश्वास प्रस्ताव टेबुल हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

गण्डकी प्रदेश सभाको बैठक बस्दै, मुख्यमन्त्रीविरूद्धको अविश्वास प्रस्ताव टेबुल हुने

पाेखरा । गण्डकी प्रदेश सभाको बैठक बस्दैछ ।

आज दिउँसो २ बजे बस्ने पहिलो बैठकमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ विरूद्धको अविश्वास प्रस्ताव टेबुल हुने बताएको छ ।

आफु विरुद्ध अविश्वास प्रस्ताव आएपछि मुख्यमन्त्री गुरुङले वैशाख १ गते संसदको चालु अधिवेशनै अन्त्य गरेसँगै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी सहितले प्रदेश प्रमुख समक्ष समावेदन गर्दै विशेष अधिवेशन माग गरेका हुन् ।

आज पहिलो दिन अविश्वास प्रस्ताव टेबल भएपछि सबै दलका नेताले आफ्ना धारणा राख्ने र दोस्रो दिन भोलि मंगलबार मुख्यमन्त्रीले जवाफ दिने कार्यसूची छ ।

मुख्यमन्त्रीको जवाफपछि मंगलबारै अविश्वास प्रस्ताव निर्णयार्थ मतदान हुनेछ । नयाँ मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णचन्द्र पोखरेललाई प्रस्ताव गरिएको छ ।

६० सदस्य रहेको गण्डकी प्रदेश सभामा अविश्वास प्रस्ताव पास हुन ३१ मत आवश्यक हुन्छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);