लुम्बिनीको प्रदेश सभाको विशेष अधिवेशन आज बस्दैं, मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध अविश्वास प्रस्ताव पेश हुने | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

लुम्बिनीको प्रदेश सभाको विशेष अधिवेशन आज बस्दैं, मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध अविश्वास प्रस्ताव पेश हुने

shankar-pokhrel

काठमाडौं। लुम्बिनी प्रदेशको प्रदेश सभाको विशेष अधिवेशन आज बस्दैछ ।

अधिवेशनको पहिलो बैठकमा आज मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पेस हुने कार्यसूची छ ।

गत वैशाख पहिलो साता नेकपा माओवादी केन्द्रका दुई जना मन्त्रीले राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता गरेका थिए । त्यसलगत्तै मुख्यमन्त्री पोखरेलविरूद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाले अविश्वास प्रस्ताव दर्ता गरेका थिए ।

मुख्यमन्त्री पोखरेलले आफूविरूद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका जसपाका ४ सांसदलाई समेटेर मन्त्रिमण्डल विस्तारसमेत गरेका थिए । कुल ८७ सांसद रहेको लुम्बिनी प्रदेशमा सरकार सञ्चालनका लागि ४४ सांसद आवश्यक पर्छ । जसपाले चार सांसदलाई कारवाही गरेपछि यो संख्या घट्ने देखिएको छ । लुम्बिनी प्रदेश सभामा नेकपा एमालेका ४१, माओवादी केन्द्रका २०, नेपाली कांग्रेसका १९, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका एक सदस्य छन् ।

यो पनि पढ्नुहोस

कर्णाली प्रदेशदेखि गण्डकीसम्मको अभ्यासः बाँदरको पुच्छर लौरो न हतियार

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);