लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा

shankar-pokhrel

काठमाडौं । लुम्बिनी प्रदेश मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन्।

मुख्यमन्त्री पोखरेलले लुम्बिन प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादव सामक्ष आइतबार राजीनामा पेश गरेका हुन् । उनको राजीनमा स्वीकृत भएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।

प्रदेशमा सत्ता समीकरणको चलखेल भईरहेका बेला नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने उद्देश्यले मुख्यमन्त्री पोखरेलले राजीनामा दिएको बताइएको छ ।

लुम्बिनी प्रदेशसभा आज बस्न लागेको विषेश अधिवेशनको पहिलो बैठकमा पोखरेलविरूद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल हुने कार्यसूची रहेको थियो ।

गत वैशाख पहिलो साता नेकपा माओवादी केन्द्रका दुई जना मन्त्रीले राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता गरेका थिए । त्यसलगत्तै मुख्यमन्त्री पोखरेलविरूद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाले अविश्वास प्रस्ताव दर्ता गरेका थिए ।

मुख्यमन्त्री पोखरेलले राजीनामा दिएपछि अहिले एमाले लुम्बिनी संसदीय दलको बैठक बसिरहेको छ।

दाङ २ (क) बाट चुनाव जितेका पोखरेल २०७४ फागुन ३ गते मुख्यमन्त्री बनेका थिए। पोखरेल प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वास पात्र हुन् ।

पोखरेल पहिले देखि नै प्रदेशको राजनीति छोडेर केन्द्रमा आउन चाहन्थे । प्रदेश राजनीतिमा असन्तुष्ट रहेका पोखरेलका लागि प्रदेशमा चलिरहेको सत्ता खेल र अविश्वास प्रस्तावले केन्द्रका लागि बाटो सहज भएको छ ।

मुख्यमन्त्री पोखरेलले आफूविरूद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका जसपाका ४ सांसदलाई समेटेर मन्त्रिमण्डल विस्तारसमेत गरेका थिए । कुल ८७ सांसद रहेको लुम्बिनी प्रदेशमा सरकार सञ्चालनका लागि ४४ सांसद आवश्यक परेको थियो । जसपाले चार सांसदलाई कारवाही गरेपछि यो संख्या घटेको थियो । लुम्बिनी प्रदेश सभामा नेकपा एमालेका ४१, माओवादी केन्द्रका २०, नेपाली कांग्रेसका १९, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका एक सदस्य छन् ।

यो पनि पढ्नुहोस

shankar-pokhrel
लुम्बिनीको प्रदेश सभाको विशेष अधिवेशन आज बस्दैं, मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध अविश्वास प्रस्ताव पेश हुने

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);