लुम्बिनी प्रदेशमा पोखरेल कै नेतृत्वमा एकल सरकार निर्माणको कसरत | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

लुम्बिनी प्रदेशमा पोखरेल कै नेतृत्वमा एकल सरकार निर्माणको कसरत

shankar pokheral

काठमाडौं । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिए लगत्तै एमाले आफ्नो एकल सरकार बनाउने कसरतमा जुटेको छ ।

मुख्यमन्त्री पोखरेलले राजीनामा दिए लगत्तै बसको लुम्बिनी प्रदेशको एमाले संसदीय दलको बैठकले संविधानको १६८ को १ बमोजिम पोखरेल कै नेतृत्वमा एकल सरकार गठन गर्ने निर्णय गरेको हो । सम्भवत आज नै शपथ ग्रहण हुने गरी गृहकार्य आगडि बढाइएको बताइएको छ ।

मुख्यमन्त्री पोखरेलले आइतबार बिहान राजीनामा दिएका थिए भने प्रदेश प्रमुख धर्मनाथ यादवले पनि उनको राजीनामा स्वीकृत गरिसकेका छन् ।

नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख धर्मनाथ यादवले प्रदेशसभामा सहभागी दललाई आह्वान गनुपर्ने हुन्छ । प्रदेश प्रमुखको कार्यालयले आजै उक्त आह्वान गर्ने बताइएको छ ।

लुम्बिनी प्रदेश सभामा नेकपा एमालेका ४१, माओवादी केन्द्रका २०, नेपाली कांग्रेसका १९, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका एक सदस्य छन् । पोखरेल नेतृत्वको सरकारमा सहभागी भएको भन्दै जसपाका ४ र माओवादी केन्द्रका २ सांसद कारबाहीमा परेपछि लुम्बिनी प्रदेशको कुल सांसद संख्या ८१ मा खुम्चिएको हो । सरकार निर्माणका लागि एमाले एक्लैमा भएका ४१ सदस्य काफी रहेका छन् ।

मुख्यमन्त्री पोखरेलविरुद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपासहित ४१ जनाले वैशाख ६ मा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका ३ सहित जसपाका ४ सदस्यलाई मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो पक्षमा ल्याउँदै मन्त्री बनाएका थिए ।

यद्यपि जसपाका ४ सदस्य निलम्बन भएपछि अविश्वासको प्रस्ताव सामना नगरी संविधानको धारा १६८ को २ बमोजिम नेकपाबाट मुख्यमन्त्री बनेका पोखरेलले संविधानको धारा १६८ को १ बमोजिम सरकार गठन गर्न राजीनामा दिएका थिए ।

गत वैशाख पहिलो साता नेकपा माओवादी केन्द्रका दुई जना मन्त्रीले राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता गरेका थिए । त्यसलगत्तै मुख्यमन्त्री पोखरेलविरूद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाले अविश्वास प्रस्ताव दर्ता गरेका थिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);