लुम्बिनी प्रदेश सभामा पोखरेलको आत्मसमर्पण, मुख्यमन्त्रीबाट दिए राजीनामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

लुम्बिनी प्रदेश सभामा पोखरेलको आत्मसमर्पण, मुख्यमन्त्रीबाट दिए राजीनामा

बुटवल । केन्द्रको जस्तो अनेक राजनीतिक तिकडम गर्दै आएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सभासमक्ष राजीनामा दिंदै आत्मसमर्पण गरेका छन् । उनले बुधबार प्रदेश प्रमुख अमिक शेरचन समक्ष राजीनामा पेश गरेका हुन् ।

पोखरेलले राजीनामा गरेपछि नयाँं मुख्यमन्त्री चयनको प्रक्रिया बुधबारबाटै सुरु हुने भएको छ । अब लुम्बिनीमा तीनै प्रमुख पद प्रदेश प्रमुख , मुख्यमन्त्री र सभामुख माओवादीका पोल्टामा जाने भएको छ ।

८० सदस्य प्रदेश सभामा पोखरेलविरुद्धको गठबन्धनमा ४१ सांसद छन् ।

प्रदेश सभामा आफूविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल र निर्णय गर्न बोलाइएको विशेष अधिवेशन सुरु हुनु अगावै उनले राजीनामा दिएका हुन् ।

पोखरेलले प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा बुझाउन जाँदै गरेको एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले ईमाउण्टेनलाई बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);