लुम्बिनी प्रदेश सभामा सत्तारुढ दल सहभागी नहुने, मुख्यमन्त्री जवाफ दिएर बाहिरिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

लुम्बिनी प्रदेश सभामा सत्तारुढ दल सहभागी नहुने, मुख्यमन्त्री जवाफ दिएर बाहिरिने

काठमाडौं । मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि लुम्बिनी प्रदेशमा नयाँं मुख्यमन्त्री चयनको प्रक्रिया बुधबारबाटै सुरु भएको छ। अब लुम्बिनीमा तीनै प्रमुख पद प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुख माओवादीका पोल्टामा जाने भएको छ । ८० सदस्य प्रदेश सभामा पोखरेलविरुद्धको गठबन्धनमा ४१ सांसद छन् ।

प्रदेश सभामा आफूविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल र निर्णय गर्न बोलाइएको विशेष अधिवेशन सुरु हुनु अगावै उनले राजीनामा दिएका हुन् । अविश्वास प्रस्ताव बारे छलफल गर्न प्रदेश सभाको बैठकमा पेश भएको छ । तर सत्तारुढ दल एमालेका सांसदहरु भने छलफलमा सहभागी नहुने भएका छन् । सरकारका प्रवक्ता बैजानाथ चौधरीले सत्तारुढ दलका सांसद आजको छलफलमा सहभागी नहुने बताए ।

चौधरीका अनुसार सत्तारुढ संसादहरु सभागी नहुने भएपनि अविश्वास प्रस्तावका बारेमा मुख्यमन्त्री पोखरेलले जवाफ दिने भएका छन् । यसका लागि केही समय प्रदेश सभाको बैठक सारिएको छ ।

दिउँसो १ बजेका लागि डाकिएको बैठक ३ बजेलाई सारिएको प्रवक्ता चौधरीले जानकारी दिए । उनले अविश्वासको प्रस्ताव बैधानिक तवरले नआएको तर नैतिकताको हिसाबमा जवाफ दिन लागेको जानकारी दिए।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);