मुख्यमन्त्री राउतको राजीनामा माग्दै लोसपाद्वारा सदन अवरुद्ध | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

मुख्यमन्त्री राउतको राजीनामा माग्दै लोसपाद्वारा सदन अवरुद्ध

जनकपुरधाम । प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीका सांसदको नारावाजीका कारण प्रदेश २ सभाको बैठक अवरुद्ध भएको छ ।

साइकल खरीदमा अनियमितता भएको र अख्यितार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरिरहेकोले मुख्यमन्त्री लालबाबु राउतले राजीनामा दिएर छानविनमा सघाउनुपर्ने माग गर्दै लोसपाले बैठकमा नाराबाजी गरेपछि सभामुख सरोजकुमार यादवले १० मिनेटको लागि बैठक स्थगित गरेका हुन् । संवैधानिक व्यवस्थाअनुसार सत्तारुढ दल विभाजन भएको ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्नेमा मुख्यमन्त्री राउतले त्यस्तो नगरि संविधानको उल्लघंन गरेको भन्दै प्रमुख प्रतिपक्षी दल लोसपाले मुख्यमन्त्रीले ठोस जवाफ दिनुपर्ने माग राखेको छ । 

अनियमितता नभएको मुख्यमन्त्रीको दाबी 

मुख्यमन्त्री लालबाबु राउतले बुधबार प्रदेश सभालाई सम्बोधन गर्दै ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानअन्तर्गत खरीद गरिएको साइकलमा अनियमितता नभएको दाबी गरेका छन् । 

प्रदेश सभाको सातौं अधिवेशनको प्रथम बैठकमा विपक्षी दलले उठाएको प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री राउतले सार्वजनिक खरीद ऐनअनुसार इ–विडिङ्गमार्फत साइकल खरीद गरेको बताउँदै त्यसमा कुनै प्रकारको अनियमितता नभएको दाबी गरे । साइकल खरीदमा अनियमितता भएको भनेर सञ्चार माध्यममा आएको समाचार भ्रामक रहेको उनको दाबी छ । राउतले प्रदेश सभामा दुई चरणमा साइकल खरीद भएको सांसदहरुलाई जानकारी गराए पनि प्रदेश सरकारले विभिन्न ४ चरणमा साइकल खरीद गरिएको बताउँदै आएको छ । 

दुई चरणमा खरीद गरिएको साइकलमध्ये पहिलो चरणमा ओम सत्यसाइ प्रा.लि. पर्सा रु ५७००, सान्यो इन्टरनेशनल जेभी काठमाडौं रु ७५७६, द डिजाइनर्स नेपाल जेभी भरतपुर रु ६८३१ , म्याप इन्टरप्रिन्युर्स काठमाडौं रु ६१५० र विकास जेनरल ट्रेडिङ्ग रु ८५०१ कबोल गरेकोमा न्यूनतम कबोल गर्ने ओम सत्यसाइ प्रा.लि. पर्साले टेण्डर पाएको मुख्यमन्त्री राउतले प्रदेश सभामा तथ्याङ्क सार्वजनिक गरेका छन् ।

त्यसैगरी, दोस्रो चरणमा गरिएको टेण्डरमा ओम सत्यसाइ प्रा.लि. पर्साले रु ७५००, सान्यो इन्टरनेशनल जेभि काठमाडौं रु ७४७५ कबोल गरेको तथा म्याप हेलिक्स जेभिको कबोलमा प्राविधिक त्रुटि देखिएकोले न्यूनतम कबोल गर्ने सान्यो इन्टरनेशनल जेभी काठमाडौंसँग सम्झौता गरि साइकल खरीद गरिएको मुख्यमन्त्रीको प्रष्टीकरण छ । तर दोस्रो चरणको टेण्डरमा बसभन्दा कम रकम कबोल गर्ने म्याप हेलिक्सको रकम नखुलाएको तथ्याङ्क मुख्यमन्त्री राउतले सभामा प्रस्तुत गरेका छन् । जबकी ती कम्पनीले ६ हजार ९७० मा साइकल उपलब्ध गराउने सञ्चारमाध्यमलाई जनाएको छ । 

विपक्षी दलद्वारा मुख्यमन्त्रीको राजीनामा माग 

प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलका नेता जितेन्द्र सोनलले  मुख्यमन्त्री राउतलाई राजीनामा दिएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई छानबिनमा सहयोग गर्न सुझाएका छन् । 

प्रदेशसभामा बोल्दै नेता सोनलले मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापमारीपछि प्रदेश र प्रदेशका जनताको गरिमा गिरेकोले मुख्यमन्त्री लालबाबु राउतले मार्गप्रशस्त गर्नुपर्ने उनले बताएका छन् । 

साइकल खरीद सम्बन्धी फाइलहरु अख्तियारले अध्ययन तथा छानविन गरिरहेको अवस्थामा जसपाले विरोध प्रदर्शन र अख्तियारलाई दिएको प्रक्रिया नै त्रुटिपूर्ण रहेको नेता सोनलको भनाइ थियो । अख्तियारले मुख्मन्त्री राउतको कार्यालमा छापामारी गर्दैमा संविधानको बर्खिलाप नभएको र संविधानको पनि संरक्षण भएको बताउँदै लोसपाका नेता सोनलले संघीयताको मर्म विपरीत नहुने बताए । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);