ढुङ्गागिट्टी निकासी गर्ने सरकारको नीति मृगौला बेचेर लुतोको उपचार गर्नुजस्तै हो : प्रमुख सचेतक कार्की | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

ढुङ्गागिट्टी निकासी गर्ने सरकारको नीति मृगौला बेचेर लुतोको उपचार गर्नुजस्तै हो : प्रमुख सचेतक कार्की

विराटनगर । नेपाली कांग्रेस प्रदेश १का प्रमुख सचेतक केदार कार्कीले ढुङ्गागिट्टी निकासी गर्ने केन्द्रिय सरकारको नीति मृगौला बेचेर लुतोको उपचार गरेजस्तै भएको बताएका छन् । बुधबार प्रदेशसभाको बजेट अधिवेशनको तेस्रो बैठमा बोल्द सचेत कार्कीले ढुङ्गागिट्टी निकासी गर्ने नीति मृगौला बेचेर लुतोको उपचार गरेजस्तै भएको बताएका हुन्।

‘प्रधानमन्त्रीलाई अलिक बढी थाहा हुनुपर्छ यो चाहीँ मृगौला बेचेर तुलोको उपचार गरेजस्तो हो,’ उनले भने,‘ लुतोको उपचार गर्न मृगौला बेच्दा के हुन्छ प्रधानमन्त्रीलाई सोध्नु पर्नेछ ।’सोही समयमा बोल्दै प्रमुख सचेतक कार्कीले मुख्यमन्त्री शेरधन राईलाई तत्काल राजीनामा दिन माग गरेका छन् ।

सचेतक कार्कीले जनताप्रति जिम्मेवार हुन नसक्ने मुख्यमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने माग गरेका हुन् । जनताको पेटमा चारो हाल्न सक्नु हुन्न भने मुख्यमन्त्रीज्यूले आफ्नै दलका अरु कसैलाई प्रस्ताव गर्नुहोस्, अलिकदिन फुर्सद हुनुहोस्, राजीनामा दिनुहोस्,’ उनले भने,‘ आफ्नै दलको अरु कसैलाई मुख्यमन्त्री बनाउनुहोस्,नभए दल सक्नु भो, एमाले सक्नु भो, प्रदेशसभालाई बनदान बनाउनु भयो ,जनतालाई बेकुप बनाउने काम नगर्नुहोस् ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);