मृगौला सम्बन्धी विशेषज्ञ सेवा छिट्टै सुरु हुन्छ : प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

असार ९ २०८३, बुधवार

मृगौला सम्बन्धी विशेषज्ञ सेवा छिट्टै सुरु हुन्छ : प्रधानमन्त्री ओली

pri minister kp oli

काठमाडाैं, २७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा मृगौला सम्बन्धी विशेषज्ञ सेवा छिट्टै सुरुहुने बताउनु भएको छ ।

विश्व मृगौला दिवसकाअवसरमा बिहीबार काठमाडौंमा आयोजित प्रभातफेरी कार्यक्रममा प्रधानमन्त्रीओलीले विशेषज्ञ सेवाकालागि केन्द्र स्थापनागर्न मृगौला विद् एवं चिकित्सा शास्त्र अध्ययन संस्थानकी डिन डा. दिव्या सिंह शाह सहितका विज्ञ क्रियाशील रहेको जानकारी दिनु भयो ।

उहाँले मृगौला रोगजस्तो जटिलताबाट बच्न स्वस्थ्य जीवनयापनका लागिआग्रह गर्दै यसबारेका प्रचारलाई अझ व्यापक बनाउनु पर्नेमा जोड दिनुभएको छ । ‘मृगौलालाई रोगहरूबाट कसरी बचाउन सकिन्छ र रोग लागिहाले प्रत्यारोपण सहितको सम्पूर्ण उपचार सेवा स्वदेशमै कसरी उपलब्ध गराउनेसमेत गरी मुख्य दुई कुरामा ध्यान केन्द्रित गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

मृगौला रोगको साथमा स्वस्थजीवन’ नारा सहित आज विश्वभर मृगौला दिवस मनाइँदै छ ।

Leave a Reply

ताजा समाचार