इन्फेक्सनको डरले प्रधानमन्त्रीको अस्पताल बसाई लम्बिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

इन्फेक्सनको डरले प्रधानमन्त्रीको अस्पताल बसाई लम्बिने

काठमाडौं, २७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको शिक्षण अस्पताल बसाई थप लम्बिने भएको छ । स्वास्थ्यमा गुणात्मक सुधार भइरहे पनि इन्फेक्सनको डरले अस्पताल बसाई लम्बिने भएको हो ।

उपचारमा संलग्न चिकित्सकहरुले बिरामीलाई आवश्यक पर्ने सबै चिकित्सकीय सेवा बालुवाटारमा तय भएपछि मात्रै शिक्षण अस्पतालबाट डिस्चार्ज गरिने भएको छ ।

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणमा सामेल भएका सम्पूर्ण चिकित्सकहरुले संयुक्त पत्रकार सम्मेलनमार्फत प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी दिएका हुन् ।

स्वास्थ्यमा उल्लेख्य सुधार भएपनि केहि दिन आरामको जरुरी पर्ने हुनाले पारिवारीक सदस्यसंगको सहकार्यमा उहाँलाई केहि दिन अस्पतालमै राखिने भएको हो ।

प्रधानमन्त्री ओलीलाई बालुवाटारमा सम्पूर्ण चिकित्सकीय तथा घरेलु व्यवस्थाभएपछि मात्र डिस्चर्ज गरिने प्रधानमन्त्रीकी निजी चिकित्स डा. दिव्यासिंह शाहले जानकारी दिनु भयो ।

प्रत्यारोपणपछि प्रधानमन्त्री ओलीको सम्पूर्ण स्वास्थ्य सूचक सामान्य रहेको छ भने मृगौला दिने समिक्षा संग्रौलाको स्वास्थ्य पनि राम्रो रहेको अस्पतालले जनाएको छ । प्रधानमन्त्रीको मृगौला प्रत्यारोपण गर्नकाेलागी ६/७ जना व्यक्तिको मृगौला चेक गरेपछि समिक्षा संग्रौलाको उपयुक्त हुने भएकोले उहाको मृगौला प्रयोग गरिएको बताईएको छ ।

मृगौला दान गर्ने र नगर्नेको स्वास्थ्यमा केहि फरक नपर्ने भए पनि समय समयमा चेकअप गराउनु पर्ने चिकित्सकहरुको भनाई छ ।

यस्तै त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्रीले उपचार गराउनु गर्वको कुरा रहेको त्रिवि शिक्षण अस्पतालका चिकित्सक विभागका डिन जगदिश अग्रवालले बताउनु भएको छ । सबै किसिमका शल्य चिकित्सा यहाँ हुन्छ भन्ने विश्वास जनतामा उत्पन्न भएको र डक्टरमा पनि आत्मविश्वास बढेको उहाँको धारणा छ ।

प्रधानमन्त्रीको मृगौला प्रत्यारोपण र त्यसपछिको उपचार टोलीमा डा. प्रेम ज्ञवाली, डा. उत्तम शर्मा, डा. दिव्यासिंह शाह, डा. पवन चालिसे, डा. सुमन चापागाईं र डा. सुवास आचार्य संलग्न हुनु हुन्थ्यो ।

प्रधानमन्त्री ओलीको गत बुधबार दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । प्रधानमन्त्रीको दृढ इच्छाशक्तिका कारण उपचारको सुधारमा तिव्रता आएको चिकित्सकहरु बताउँछन् । मिर्गाैला प्रत्यारोपणपछि पनि प्रधानमन्त्री ओलीले आफू छिट्टै काममा फर्कने बताउँदै आउनु भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);