मौसमी ज्वरोको कारण प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

मौसमी ज्वरोको कारण प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ

pm oli

काठमाडौं, १२ कात्तिक । प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार भएको भनिए पनि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सोमबार बिहान तीनबजे महाराजगञ्ज स्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको छ ।

उनको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको डा. अरुण सायमीले जानकारी दिएका छन् । रुँघा खोकी तथा मौसमी ज्वरोको संक्रमणका कारण अस्वस्थ भएका प्रधामन्त्री ओलीले दुइ दिन देखि सार्वजनिक कार्यक्रमको सहभागिता तथा भेटघाट बन्द गरेका थिए । प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले आइतवार प्रेस विज्ञप्ती जारी गर्दै प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार आएको जानकारी दिएका थिए । तर सोमवार विहान स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको हो ।

उनलाई थप तीन दिन अस्पतालमै राखिने बताइएको छ । उनलाई छाती रोग विशेषज्ञ सन्तकुमार दास, किडनी विशेषज्ञ प्रकाश काफ्ले तथा अरुण सायमी मुटु रोग विशेषज्ञ भगवान कोइराला र दिव्यसिंह शाहको टोलीले उपचार गरिरहेको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, गृहमन्त्री रामवहादुर थापा, अर्थमन्त्री डा. युवराज खतिवडा लगाएतले अस्पताल पुगेर प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाको जानकारी लिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);