प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार

kp oli birami

देउवाले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिए :

काठमाडौं, १२ कात्तिक । नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले अस्पतालमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

सोमबार अपरान्ह महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा पुगेर सभापति देउवाले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा धेरै सुधार आएको सभापति देउवाले बताए । उनले प्रधानमन्त्री ओलीको शीघ्र पूर्ण स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार

सोमबार विहान छातीमा समस्या देखिएपछि प्रधानमन्त्री ओलीलाई अस्पताल भर्ना गरिएको छ । यसैबीच, प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार आएको उपचारमा संलग्न वरिष्ठ चिकित्सक अरुण सायमीले जानकारी दिए । प्रधानमन्त्री ओलीको खोकी समेत कम हुँदै गएको उनले बताए । वरिष्ठ चिकित्सक सायमीले उनलाई ३ दिन अस्पतालमै राखेर उपचार गरिने बताए ।

वरिष्ठ चिकित्सक सायमीको नेतृत्वमा डाक्टर दिव्या सिंह र डाक्टर सन्त दास सम्मिलित टोली प्रधानमन्त्री ओलीको उपचारमा खटिएका छन् ।

प्रधानमन्त्री ओली अस्वस्थ भई अस्पताल भर्ना भएपछि उनको स्वास्थ्य अवस्था बुझ्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता, कार्यकर्ताको अस्पतालमा भीड लागेको छ । सामान्य ज्वरोकै कारण छातीमा समेत समस्या देखिएपछि प्रधानमन्त्री ओलीलाई अस्पतालमा भर्ना गर्नु परेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);