प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार

kp oli pm

काठमाडौं, २६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको चिकित्सकहरुले बताएका छन् । महाराजगञ्ज स्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा गत हप्ता मिर्गाैला प्रत्यारोपण गराउनु भएका प्रधानमन्त्री ओलीको भाइटल र ल्याब सूचकहरुपनि सामान्य रहेको चिकित्सकहरुले बताएका छन् ।

प्रधानमन्त्री ओलीलाई नियमित सन्तुलित आहार दिनुका साथै हिडडुल पनि गराउन थालिएको अस्पतालले जनाएको छ । प्रधानमन्त्रीलाई मिर्गाैला दिने समीक्षा संग्रौलाको स्वास्थ्य पनि राम्रो रहको जनाइएको छ ।

संग्रौलाको पनि भाइटल र ल्याब सूचकहरु सामान्य रहेको अस्पतालका कार्यकारी निर्देशक डाक्टर प्रेम कृष्ण खड्काले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार भइरहेकाले केही दिनमै डिस्चार्ज गर्ने तयारी भइरहेको जनाइएको छ ।

प्रधानमन्त्री ओलीले गत हप्ताको बुधवार दोश्रो पटक मिर्गाैला प्रत्यारोपण गराउनु भएको थियो । उहाँको २०६४ सालमा भारतको अपोलो अस्पतालमा पहिलो पटक मिर्गाैला प्रत्यारोपण गरिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);