प्रधानमन्त्री ओलीको स्वास्थ्यमा राम्रो सुधार | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा राम्रो सुधार

pm oli

काठमाडौं, २५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा राम्रो सुधार भइरहेको चिकित्सकहरुले बताएका छन् । गत बुधवार महाराजगञ्ज स्थित त्रिभुवन बिश्वबिद्यालय शिक्षण अस्पतालमा मिर्गाैला प्रत्यारोपण गराउनु भएका ओलीको स्वास्थ्यमा राम्रो सुधार भइरहेको चिकित्सकले बताएका हुन ।

प्रधानमन्त्री ओलीलाई खाना दिइनुका साथै हिडडुल समेत गराउन थालिएको छ । अस्पतालका कार्यकारी निर्देशक डाक्टर प्रेमकृष्ण खड्काकाका अनुसार प्रधानमन्त्री ओलीको फिजियोथेरापीलाई समेत निरन्तरता दिइएको छ । प्रधानमन्त्रीका भाइटल र ल्याब सूचकहरु सामान्य अवस्थामा रहेका छन् ।

कार्यकारी निर्देशक खड्काका अनुसार मृगौलादाता समीक्षा संग्रौलाको स्वास्थ्यमा पनि सुधार भइरहेको छ । उहाँले पनि हिडडुल गर्न थाल्नुभएको छ ।

चिनियाँ राष्ट्रपति शि जिङपिङले प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गर्नुभएको छ । लिखित सन्देश पठाउँदै राष्ट्रपति सिले ओलीको शीघ्र स्वास्थयलाभको कामना गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीलाई स्वास्थ्यमा सुधार आएका कारण घर पठाउने कि केही दिन अस्पतालमै राख्ने भन्ने बिषयमा छलफल भइरहेको अस्पतालले जनाएको छ ।

गत बुधबार प्रधानमन्त्री ओलीको दोस्रो पटक मृगौला प्रत्यारोपण गरिएको हो । उहाँको यसअघि २०६४ सालमा भारतको अपोलो अस्पतालमा पहिलोपटक मिर्गाैला प्रत्यारोपण गरिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);