प्रधानमन्त्री ओलीको स्वास्थ्यमा राम्रो सुधार | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा राम्रो सुधार

pm oli kidney transplant

काठमाडौं, २३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा अपेक्षाकृत राम्रो सुधार भइरहेको अस्पतालले जनाएको छ । बुधबार दोस्रो पटक मृगौला प्रत्यारोपण गराउनुभएका प्रधानमन्त्री ओलीलाई सामान्य खाना खान दिन थालिएको छ ।

उहाँलाई सामान्य हिडडुल गराउन थालिएको छ भने फिजियोथेरापीलाई पनि निरन्तरता दिइएको अस्पतालले शनिबार जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्काले जारी गरेको विज्ञप्तीमा प्रधानमन्त्रीको भाइटल र ल्याब रिपोर्ट सामान्य रहेको बताइएको छ ।

डा. खड्काले मृगौलादाता समीक्षा संग्रौलाको स्वास्थ्यमा पनि क्रमिक सुधार भएको बताउनुभएको छ । उहाँलाई पनि नर्मल आहार दिन थालिएको छ । उहाँको पनि भाइटल र ल्याब रिपोर्ट सामान्य रहेको बताइएको छ ।

सोमबार अस्पताल भर्ना हुनुभएका प्रधानमन्त्री ओलीको बुधबार मृगौला प्रत्यारोपण गरिएको थियो । १२ वर्ष अघि ओलीको भारतको एपोलो अस्पतालमा पहिलो पटक मृगौला प्रत्यारोपण गरिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);