जुनसुकै हालतमा पनि वर्तमान सरकारलाई सफल बनाउनुपर्छ : नारायणकाजी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

जुनसुकै हालतमा पनि वर्तमान सरकारलाई सफल बनाउनुपर्छ : नारायणकाजी

काठमाडौं, २४ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले जुनसुकै हालतमा पनि वर्तमान सरकारलाई सफल बनाउनुपर्ने बताउनुभएको छ ।

प्रेस संगठन नेपाल उपत्यका प्रदेश कमिटीको सपथ ग्रहण कार्यक्रममा बोल्दै प्रवक्ता श्रेष्ठले सरकारलाई सफल बनाउन नसके कम्युनिष्ट आन्दोलन धेरै पछाडी पर्ने बताउनुभयो ।

सरकारको लक्ष्य राष्ट्रिय स्वाधिनताको रक्षा गर्दैै सामाजिक आर्थिक रुपान्तरणको प्रकृयालाई अगाडी बढाएर सामाजिक न्याय सहितको समृद्ध नेपाल बनाउनु रहेको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

नेकपा सचिवालय सदस्य समेत रहनुभएका श्रेष्ठले समाजवादको आधार तयार पर्न नसके नेपालको कम्युनिष्ट आन्दोलन पछि धकेलिने मात्रै नभएर पार्टीलाई समेत ठूलो क्षति पुग्ने बताउनुभयो ।

नेकपा बाग्मती प्रदेश इञ्चार्ज अष्टलक्ष्मी शाक्यले पुरानै सोचबाट अगाडी बढ्न खोजे परिवर्तनलाई आत्मसाथ गर्न नसकिने बताउनुभयो । निरङ्कुसता र सामन्तीवाद अन्त्य गरी समाजवाद स्थापना गरी अगाडी बढिरहँदा व्यवहार, सोच र चिन्तन परिवर्तन गर्न नसके लक्ष्यमा पुग्न नसकिने उहाँले बताउनुभयो ।

शनिबार प्रेस संगठन नेपाल उपत्यका प्रदेश कमिटीका सदस्यहरुले ललितपुरमा भएका एक कार्यक्रमकाबीच सपथग्रहरण गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);