अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार | ईमाउण्टेन समाचार

Our Network

माघ १७ २०७९, मंगलबार

अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार

pm

काठमाडौं, १३ कात्तिक । प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । त्रिवि शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार आएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

मंगलबार बिहान गरिएको प्रधानमन्त्री ओलीको रगत परिक्षण तथा छातिको एक्सरे लगायतको रिपोर्टहरु सकारात्मक रहेको अस्पतालका कार्यकारी निर्देशक प्राध्पापक डाक्टर उत्तमकृष्ण श्रेष्ठले जानकारी दिए ।

प्रधानमन्त्री ओलीको उपचारमा प्राध्यापक डाक्टर अरुण सायमीको संयोजकत्वमा प्राध्यापक डाक्टर दिव्या सिंह शाह तथा डाक्टर सन्तकुमार दास सम्मिलित समुह खटिएको छ । डाक्टर सायमीका अनुसार मंगलबार बिहान प्रधानमन्त्री ओलीले व्रेकफास्ट लिएका छन् । भने दाह्री समेत आफैले काटेका छन् ।

डाक्टर सायमीका अनुसार प्रधानमन्त्रीलाई अहीले ज्वरो पनि आएको छैन भने खोकी पनि धेरै कम भएको छ । यसैगरी स्वास्थ्यमा सुधार भए २ दिनपछि प्रधानमन्त्रीलाई अस्पतालबाट डिस्चार्ज गरिनेछ ।