स्वास्थ्यमा केही सुधार आएपछि प्रधानमन्त्री ओलीले अस्पतालबाटै अनौपचारिक काम सुरु गरे | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

स्वास्थ्यमा केही सुधार आएपछि प्रधानमन्त्री ओलीले अस्पतालबाटै अनौपचारिक काम सुरु गरे

pm oli

काठमाडौं, १४ कात्तिक । स्वास्थ्यमा केही सुधार आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालबाटै अनौपचारिक काम सुरु गरेका छन् ।

सोमबार राती महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका प्रधानमन्त्रीको स्वास्थ्य अवस्थामा सुधार आएपछि बुधबार बिहान देखि अनौपचारिक मिटिङमा सरिक भएका हुन् । उपचारमा संलग्न मुटुरोग विशेषज्ञ तथा सेन्टरका कार्डियोलोजी विभाग प्रमुख प्राध्यापक डाक्टर अरुण सायमीले प्रधानमन्त्री ओलीलाई गएराती राम्रो निन्द्रा लागेको तथा बिहान अस्पतालमा नै उपप्रधानान्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री राम बहादुर थापासंग सानो अनौपचारिक मिटिङ गरेको जानकारी दिए ।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बारे जानकारी दिन बुधबार बिहान अस्पताल परिसरमा गरिएको पत्रकार सम्मेलनमा अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर उत्तम कृष्ण श्रेष्ठले प्रधानमन्त्रीको स्वास्थ्यमा आएको सुधारले आफुहरुको अनुहारमा खुसी छाएको बताए । प्रधानमन्त्रीको उपचारमा मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको कार्डियोलोजी विभागका प्रमुख प्राध्यापक डाक्टर अरुण सायमीको नेतृत्वमा डाक्टर दिव्या सिंह र डाक्टर सन्त दास सम्मिलित टोली संलग्न छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);