प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार

kp oli birami

फाईल फोटो

काठमाडौं, २२ फागुन । मृगौला प्रत्यारोपण गराउनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ । बुधबार महाराजगञ्ज स्थित त्रिभुवन बिश्वबिद्यालय शिक्षण अस्पतालमा दोस्रो पटक मृगौला प्रत्यारोपण गराउनुभएका ओलीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको चिकित्सकहरुले बताएका छन् ।

बिहिवार प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे बुझ्न अस्पताल पुग्नुभएका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले ओलीको स्वास्थ्य अवस्था सामान्य हुँदै गएको बताउनुभयो । उहाँले चिकित्सकहरुले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीलाई बिहिवार बिहान कालो चिया खुवाइएको छ । उपचाररत प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिन उपप्रधानमन्त्री पोखरेलसंगै स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल, नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, प्रधानसेनापति पूर्णचन्द्र थापा लगायतका सरकारका उच्च पदस्थ अधिकारीहरु शिक्षण अस्पताल पुग्नुभएको थियो ।

प्रधानमन्त्री ओलीलाई भेट्न भने दिइएको छैन् । प्रधानमन्त्री ओलीको अहीलेकै गतीमा स्वास्थ्यमा सुधार भए केही दिनमै अस्पतालबाट डिस्चार्ज हुने चिकित्सकले बताएका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);