प्रत्यारोपण गरेको प्रधानमन्त्रीको मिर्गाैलाले काम गर्न थाल्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

प्रत्यारोपण गरेको प्रधानमन्त्रीको मिर्गाैलाले काम गर्न थाल्यो

काठमाडौं, २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको छ । प्रधानमन्त्री ओलीको बुधवार महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा दोस्रो पटक सफल मिर्गौला प्रत्यारोपण गरिएको हो ।

प्रधानमन्त्री ओलीमा प्रत्यारोपण गरिएको मिर्गाैलाले काम गर्न थालेको अस्पतालका कार्यकारी निर्देशक डाक्टर प्रेमकृष्ण खड्काले जानकारी दिनुभयो । खड्काका अनुसार प्रधानमन्त्रीको स्वास्थ्य अवस्था स्थिर रहेको छ ।

प्रधानमन्त्री ओलीका सबै मुख्य सूचांकहरु राम्रो अवस्थामा रहेका र उहाँलाई प्रत्यारोपण उपचार कक्षमा राखि उपचारलाई निरन्तरता दिइएको खड्काले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीलाई मिर्गाैला दान गर्ने भाञ्जी समीक्षा संग्रौलाको स्वास्थ्य अवस्था पनि सामान्य रहेको चिकित्सकहरुले बताएका छन् । संग्रौलाले एउटा मृगौला प्रधानमन्त्री ओलीलाई दान गर्नुभएको हो ।

प्रधानमन्त्री ओली सोमबार अस्पताल भर्ना हुनुभएको थियो । १२ वर्षअघि भारतको एपोलो अस्पतालमा प्रधानमन्त्री ओलीको पहिलो पटक मृगौला प्रत्यारोपण गरिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);