प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था खतरामुक्त, एक हप्ता अस्पतालमा बस्नुपर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था खतरामुक्त, एक हप्ता अस्पतालमा बस्नुपर्ने

oli hospital

काठमाडौं, १३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था हाललाई ‘खतरा मुक्त’ रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

शुक्रबार चिकित्सक टोलीले महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको महामनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा पत्रकार सम्मेलन गरेर स्वास्थ्य अवस्था बारे जानकारी दिएको हो । चिकित्सकहरुले एपेन्डिसाइटिसको शल्यक्रियापछि सघनकक्षमा उपचाररत प्रधानमन्त्री ओलीको मंगलबार र बुधबार दुईपटक मृगौलाको डायलाइसिस गरिएको पनि जनाएका छन् ।

पत्रकार सम्मेलनमा प्रधानमन्त्रीका निजी चिकित्सक डाक्टर दिव्या सिंहले प्रधानमन्त्रीलाई मुखबाट ठोस खानेकुरा खुवाउन थालिएको समेत जानकारी दिनुभयो । प्रधानमन्त्री ओली समान्य हिंडडुल गर्न थालेको समेत डाक्टर सिंहले बताउनुभयो । प्रधानमन्त्री ओली अझै एकसाता अस्पतालमै रहने र १० दिनपछि मात्रै काममा फर्कन सक्ने पनि डाक्टर सिंहले जानकारी दिनुभयो ।

उपचारमा संलग्न विशेषज्ञ चिकित्सकहरुले प्रधानमन्त्रीको एपेन्टिडसाइटिस फुटेको नभई पाकेर फैलिएको बताएका छन् । सामान्य बिरामीको तुलनामा अंग प्रत्यारोपण गरिएको बिरामीमा एपेन्डिसाइटिस पाकेर फैलने सम्भावना बढी हुने जानकारी चिकित्सकहरुले दिए ।

१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री ओलीको मिर्गौलाको कार्यक्षमतामा ह्रास आएको छ । पछिल्लो पटक ग्राण्डी अस्पतालमा प्रधानमन्त्री ओलीको मिर्गौलाको डायलाइसिस गरिँदै आएको थियो । अहिले मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमै डायलाइसिस गरिएको हो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);