प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य, नियमित कामलाई निरन्तरता दिन सक्ने | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य, नियमित कामलाई निरन्तरता दिन सक्ने

काठमाडौं, २० भदौ । प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरबाट स्वास्थ्य उपचार गरी आज स्वदेश फर्कनु भएको छ । उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको निजी चिकित्सक डा. दिव्या सिंह शाहले विज्ञप्ति मार्फत जनाउनु भएको छ ।

प्रधानमन्त्रीले नियमित कामलाई निरन्तरता दिन सक्ने चिकित्सक शाहले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । प्रधानमन्त्री ओलीको शरीरमा बढी मात्रामा रहेको एन्टीबडीलाई वैज्ञानिक प्रविधिबाट हटाउने उपचार प्रक्रिया सिंगापुरको नेशनल युनिभर्सिटी अस्पताल (एनयूएच) मा पूरा भएको विज्ञप्तीमा जनाइएको छ ।

प्रधानमन्त्री ओली सिंगापुरबाट थाईल्याण्ड हुँदै थाई एयरवेजबाट शुक्रबार मध्यान्ह काठमाडौं आईं पुग्नु भएको हो । त्यस अवसरमा उहाँलाई प्रतिनिधिसभाका समामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, नेकपाका नेता एवम् पूर्व सभामुख सुवाष नेम्वाङलगायतका नेताहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नु भएको थियो ।

गत भदौं ५ गते स्वास्थ्य उपचारका लागि दोस्रो पटक सिंगापुर जानु भएका प्रधानमन्त्री ओलीले यस पटक पनि विमानस्थलमा पत्रकार सम्मेलन गर्नु भएन ।

प्रधानमन्त्री ओलीको सिंगापुरस्थित नेशनल युनिभर्सिटी अस्पतालमा फेरिसिस प्रक्रियामार्फत उपचार गरिएको थियो । सिंगापुरमा रहँदा उहाँले भिडियो कन्फरेन्समार्फत मन्त्रीहरुसँग छलफल गरेर सरकारका काम कार्वाहीबारे जानकारी समेत लिनु भएको थियो ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);