प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य, आज राती वा भोलीसम्ममा डिस्चार्ज हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य, आज राती वा भोलीसम्ममा डिस्चार्ज हुने

kp oli

काठमाडौं, १३ कात्तिक । नियमित स्वास्थ्य परीक्षणका लागि काठमाडौंको ग्राण्डी अस्पतालमा भर्ना हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । बुधबार साँझ अस्पतालले विज्ञप्ति जारी गरेर प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएको हो ।

विज्ञप्तिमा भनिएको छ ‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो नियमित उपचार तथा स्वास्थ्य परीक्षणको क्रममा बुधबार ग्रान्डी इन्टरनेशनल हस्पिटलमा भर्ना हुनु भएको छ ।  उहाँको स्वास्थ्य स्थिति सामान्य रहेको छ। सम्माननीयज्युको आवश्यक परीक्षणहरु पूरा भएपछि आज राति अथवा भोलिसम्ममा यस हस्पिटलबाट डिस्चार्ज गरिनेछ।’ विज्ञप्तिमा प्रा.डा. दिव्यासिंह शाह र डा. चक्रराज पाण्डेले हस्ताक्षर गरेका छन् ।

प्रधानमन्त्री स्वास्थ्यमा समस्या देखिएपछि बुधबार बिहान ग्राण्डी अस्पताल भर्ना हुनुभएको थियो ।

यस्तो छ अस्पतालले जारी गरेको विज्ञप्ती :

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);