पूर्वराजा ज्ञानेन्द्र शाहको अभिव्यक्तिले राजनीतिमा नयाँ तरंग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

पूर्वराजा ज्ञानेन्द्र शाहको अभिव्यक्तिले राजनीतिमा नयाँ तरंग

gyanendra

तेजना पण्डित
काठमाडौं, १३ कात्तिक । सरकारले जनचाहना अनुसार काम गर्न नसकको आरोप पछिल्लो समय खेप्दै आएको छ । खासगरी भ्रष्टाचार बढेको, जनप्रतिनिधिहरु सुबिधाभोगी भए पनि सरकारले नियन्त्रण गर्न नसकेको आरोप सरकारमाथि छ ।

यसरी सर्वसाधारण र राजनीतिक दलहरुले सरकारमाथि आरोप लगाइ रहेको बेला पूर्व राजा ज्ञानेन्द्र शाहले विकास र प्रगति सर्वसाधारणले अनुभूति गर्ने गरी नभए परिवर्तनको अर्थ नहुने अभिव्यक्ति सार्वजनिक गर्नु भएपछि यसले राजनीतिक वृत्तमा तरंग ल्याएको छ ।

२ सय ४० बर्ष लामो राजतन्त्रको अन्त्य भइ हाल देशमा संघीय लोकतान्त्रीक गणतन्त्रको स्थापना भएको छ । राजतन्त्र फाली गणतन्त्र स्थापनाका लागी राजनीतिक दलले थालेको परीवर्तनको आन्दोलनलाई साथ दिएका नेपाली जनताले देशमा गणतन्त्रको स्थापना भएसँगै रोजगारीको अवसर श्रृजना हुने, बिकास निर्माणले गति लिने, जनताको दैनिक जिवनस्तरमा सुधार आउने तिव्र अपेक्षा गरेका थिए ।

राजनीतिक परिवर्तन त तीव्र भयो तर जनअपेक्षा अनुसार विकास र रोजगारको वृद्धि भने सोचेजति तीब्र हुन सकेन । यसबाट खासगरी युवा वर्ग निराश जस्तै बनिरहेका बेला पूर्वराजा ज्ञानेन्द्र शाहको तिहारको दिन चेतावनीयुक्त अभिव्यक्ति सार्वजनिक भएको छ । विकास र प्रगतिको अनुभुति सर्वसाधारणले गर्न नपाए परिवर्तनकामी दलहरुलाई नै अप्ठेरो पर्ने अभिव्यक्ति शाहको छ ।

सरकारले विकास गर्न नखोजेको होइन । नेपालको पानी जनताको लगानी, सामाजिक सुरक्षा, समृद्ध नेपाल सुखी नेपाली, उत्तर दक्षिण रेल लगायत थुप्रै आकर्षक कार्यक्रम सार्वजनिक गरेको छ ।

तर यी कार्यक्रम नाराम्रा मात्र सीमित भएको आरोप सरकार माथि लाग्दै आएको छ । सरकारले संसदमा पेश गरेका महत्वपूर्ण विधेयकहरु विवादमा परे । युवा रोजगारका लागि आवश्यक अवसर सृजना गर्न नसकेकोले युवा विदेश पलायन भएको आरोप पनि सरकारमाथि छ ।

यस्तो अवस्थामा सरकार नसच्चिए परिर्वतनकारीलाई अफ्ठ्यारो पर्न सक्छ भनेर पूर्व राजाले दिएको अभिब्यक्ति सकारात्मक भएको नेपाली कांग्रेसका नेता भिमसेनदास प्रधानको बुझाइ छ ।

पूर्व राजा ज्ञानेन्द्रका अनुसार विकास र प्रगतिमा परिर्वतन भनेको जनताले सजिलै अनुभूति गर्न पाउनु पर्छ । जनताको आँखाले देखिने र बुझिने हुनुपर्छ । यदि भएको छैन भने, परिवर्तनकामी राजनीतिक दलहरुले मनन् गर्नु पर्छ र बुझ्नु पर्छ । तर नेताहरुले नबुझे उनीहरु नै अप्ठेरोमा पर्ने पूर्वराजा ज्ञानेन्द्रको चेतावनी छ ।

पूर्वराजाको यो अभिव्यक्तिलाई प्रमुख राजनीतिक दल र तिनका नेताहरुले ऐनाको रुपमा बुझ्नु पर्ने राजनीतिक विश्लेक प्रा.डा.सुरेन्द्र केसीको सुझाव छ ।

प्रमुख प्रतिपक्षी दल र राजनीतिक बिश्लेषकहरुले पूर्वराजाको अभिब्यक्ती सकारात्मक बताइ रहँदा सत्तारुढ दलका नेताहरु भने यसलाई मान्न तयार देखीदैनन् । पूर्वराजाको अभिव्यक्ति र आएका सुझावलाई ठाडै अस्वीकार गर्छन ।

सत्तापक्ष नेकपाका नेताहरुको बुझाइमा पूर्व राजाले परिर्वतनकारीलाई अप्ठेरो पर्न सक्छ भनी दिएको अभिव्यक्ति जनतालाई भ्रम पार्ने र सस्तो लोकप्रीयताका लागि आए नेकपाका नेता देबेन्द्र पौडेलको बुझाइ छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहको अभिव्यक्तिले अहिले राजनीतिक फाँटमा एउटा तरंग ल्याएको छ । तिहारको अवसरमा पूर्वराजा शाहले सार्वजनिक गरेको अभिव्यक्तिलाई विपक्षीले सकारात्मक र सत्तापक्षले नकारात्मक रुपमा लिए पनि पूर्वराजा शाहको अभिव्यक्ति अर्थपूर्ण देखिन्छ ।

केही समय अघि कहिले प्रधानमन्त्री ओली त कहिले नेकपाकै अध्यक्ष प्रचण्डले गणतन्त्रको उपलब्धी संकटमा पर्न लागेकोले सबै मिलेर रक्षा गर्नुपर्छ भनेर सार्वजनिक रुपमै अपिल गर्नुभएको थियो ।

यस्तो अवस्थामा पूर्वराजाको अभिव्यक्तिलाई दल र तिनका नेताले सामान्य भन्ने कि अर्थपूर्ण रुपमा लिने राजनीतिक दलका नेताहरुले बुझ्ने र विश्लेषण गर्ने बेला आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);