काठमाडौं, २१ असार । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्ति खारेज गरिएकामा आपत्ति जनाएको छ ।
कांग्रेसले राजनीतिक नियुक्ति खारेज गर्ने सरकारी निर्णयलाई राजनीतिक द्वन्द्व निम्त्याउने कदम भनी टिप्पणी गरेको छ । कांग्रेसले सरकारमाथि राजनीतिक पूर्वाग्रहका आधारमा अघिल्लो सरकारले गरेका नियुक्ति खारेज गरेको आरोप लगाउँदै नियुक्ति खारेजी गर्नुको कारण माग गरेको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले दुई तिहाइ बहुमतको दम्भमा राजनीतिक द्वन्द्व निम्त्याउने काम गरेको आरोप लगाए ।




