चिकित्सा शिक्षा अध्यादेशमा सरकारले कमा-फूलस्टप पनि सच्याउन पाउँदैन : गगन थापा (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

चिकित्सा शिक्षा अध्यादेशमा सरकारले कमा-फूलस्टप पनि सच्याउन पाउँदैन : गगन थापा (भिडियो सहित)

gagan thapa

काठमाडौं, २१ असार । पूर्वस्वास्थ्य मन्त्री तथा नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले चिकित्सा शिक्षा अध्यादेशमा कमा, फूलस्टप पनि परिवर्तन गर्न नपाउने बताएका छन् । माउण्टेन टेलिभिजनको कार्यक्रम ‘खरो प्रश्न’मा कुरा गर्दै थापाले पहिले सहमति जनाएका विषयमा नेकपा पछि हट्न नहुने बताएका हुन्।

चिकित्सा शिक्षा विधेयकमा एउटा शब्द प्रिन्ट सच्याउनुपर्ने अवस्था छ, त्यसबाहेक सरकारले अध्यादेशमा केही पनि सच्याउन पाउँदैन । थापाले भने, हिजो आफै संलग्न भएर ल्याएको अध्यादेश विधेयक ल्याउँदा परिवर्तन गरियो भने यदि त्यो राजनीतिक वेइमानी हो, जुन हामीलाई स्वीकार्य हुँदैन । उनले डाक्टर केसीसँग विगतमा भएका सहमति कार्यान्वन नहुने हो भने अव नयाँ सहमतिको पनि औचित्य नहुने बताए।

सांसद थापाले सरकारले डाक्टर केसीसँग स्वभाविक व्यवहार नगरेको भन्दै त्यसले दुर्घट्नालाई संकेत गरेको पनि बताए । उनले डाक्टर केसीको माग वेवास्ता गरी दुईतिहाइको बलमा चिकित्सा शिक्षा विधेयक पास गरिए ठुलो दुर्घटना हुने बताए ।

थापाले यो सरकारले आधारविना नैं अध्यादेश सच्याएर विधेयक बनाएको बताए । हिजो माथेमा आयोगको सुझावमा यो अध्यादेशको मस्यौदा तयार भएको हो, सरकारले हचुवामै संशोधन गरेको छ, म प्रश्न गर्छु यो विधेयक कस्को सुझावमा सच्याइएको हो ? थापाले प्रश्न गरे ।

अर्को प्रसंगमा उनले सरकारका मन्त्रीहरु मात्र नभएर प्रधानमन्त्रीसमेत हचुवा अभिव्यक्तिमा केन्द्रित देखिएको बताए । तथ्य, तथ्यांकविना सरकार बोलिरहेको छ, प्रधानमन्त्री त झनै हचुवा बोल्दै छन् । थापाले प्रश्न गरे, प्रधानमन्त्रीले भन्दैमा समृद्धि आउँछ, प्रधानमन्त्रीले भन्दैमा सरर रेल आउँछ , के हो आउँने आधार ?

कार्यक्रम ‘खरो प्रस्न’ मा प्रस्तोता प्रकाश गिरीले सांसद गगन थापासँग गरेको कुराकानीको पुरा अंश हेर्नुहोस :

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);