संसद अधिवेशन हठात् अन्य गरेर अध्यादेश ल्याउनु गलत : गगन थापा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

संसद अधिवेशन हठात् अन्य गरेर अध्यादेश ल्याउनु गलत : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले हठात् संसद अधिवेशन अन्‍त्य गरेर अध्यादेश ल्याउनु गलत भएको टिप्पणी गरेका छन् ।

नेता थापाले बुधबार सामाजिक सञ्‍जाल ट्विटरमार्फत यसअघि तत्कालीन केपी ओली सरकारले ल्‍याउदा गलत भनेर विरुद्धमा उभिएका कसैलाई पनि आज समर्थन गर्ने हक नभएको बताएका हुन् । उनले अहिले अध्यादेशको समर्थन गर्ने भए त्यति बेला विरोध गरेकोमा माफी माग्नुपर्ने उनको भनाइ छ ।

थापाले भनेका छन्, ‘संसद अधिवेशन हठात अन्य गरेर संसद छल्दै अध्यादेश ल्याउनु गलत ! हिजो गलत, आज गलत, सधैं गलत, जसले गरेपनि गलत । हिजो ओलीले ल्याउँदा गलत भन्ने, त्यसको विरुद्धमा उभिने कसैलाई पनि आज समर्थन गर्ने हक छैन र हुँदैन।समर्थन गर्ने भए त्यतिवेला विरोध गरेकोमा सार्वजनिक माफी माग्नुपर्छ।’

त्यस्तै थापाले यसअघि संसद छल्दै ओली सरकारले अध्यादेश ल्याउँदा समर्थन गर्ने हरूलाई आज विरोध गर्ने हक पनि नभएको जानकारी दिएका छन् ।

उनले भनेका छन्,‘ गत वर्ष वैशाखमा यसरी नै संसद् छल्दै अध्यादेश जारी गर्ने ओली सरकार, समर्थन गर्ने मण्डली वा अध्यादेशमा ल्याप्चे लगाउने राष्ट्रपति कसैलाई पनि आज यो अध्यादेशको विरोध गर्ने हक छैन, हुँदैन । विरोध गर्ने भए त्यति वेला गल्ती गरेका थियौँ भनेर पहिला सार्वजनिक माफी माग्नुपर्छ ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);