आध्यादेशले कांग्रेसमा द्वन्द्व ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

आध्यादेशले कांग्रेसमा द्वन्द्व ( भिडियो रिपोर्ट )

नवराज पौडेल \ माउण्टेन टेलिभिजन एचडी ।

काठमाडौँ, २७ मङ्गसिर।  निर्णयको सर्वत्र विरोध भएपछि आइतबारै महामन्त्री विश्वप्रकाश शर्माले ट्विटरमा यो निर्णयको विरोध गर्नुभएको थियो । सडकमा छँदा जे सत्य, संसदमापनि त्यहीनै सत्य ! त्यसैले सार्वजनिक दर्ज होस् असहमति‘ ! संक्रमणकालझमा अध्यादेश ल्याउन दलहरूबीच र आफ्नै दलभित्र घनीभूत छलफलको हेक्का नराखिनु सम्पूर्ण रुपले गलत ! कानुनी र राजनैतिक प्रश्न मात्र होइन, यो प्रकरणमा नैतिक प्रश्नपनि जोडिएको छ !’ प्रधानमन्त्री देउवालाई मेन्सन गर्दै शर्माले सामाजिक सञ्जालमा लेख्नुभएको  । उता अर्का महामन्त्री गगन थापाले पनि सोमबार धारणा सार्वजनिक गर्दै सरकारको निर्णयको भारी नबोक्ने प्रष्ट पार्नुभएको छ ।

सरकारको अध्यादेश ल्याउने निर्णयको विषय र प्रक्रियाबारेमा महामन्त्री विश्वप्रकाश शर्माले राख्नुभएको धारणा शतप्रतिशत सही छ । यो मेरो वा विश्वप्रकाश शर्माको मात्र होइन नेपाली कांग्रेस पार्टीकै धारणा हो, मान्यता हो। थापाले सामाजिक सञ्जालमा लेख्नुभएको  । विगतमा पटक–पटक यसरी अध्यादेश ल्याउनु सम्पूर्ण रूपमा गलत हो भनेर पार्टीले निर्णय गरिसकेको भन्दै थापाले पार्टीभित्र अध्यादेशका बारेमा कुनै छलफल र निर्णय नभएको बताउनुभएको छ। विगतमा पार्टीको अडान जे थियो आज पनि त्यही नै रहेको उहाँको भनाइ छ।

अध्यादेश कानुनी, राजनीतिक र नैतिक हिसाबले गलत रहेको थापाको भनाइ छ । यो असंवैधानिक, अलोकतान्त्रिक र संसदीय व्यवस्थाको मर्म विपरीत छ । अहिलेको सरकार कामचलाउ हो, यसले दुरगामी महत्वको निर्णय गर्न मिल्दैन। अध्यादेश ल्याउन कानुनी र संवैधानिक हैसियत यो सरकारलाई छैन । यसको विषय र मनसाय गलत छ । थापाले सामाजिक सञ्जालमा लेख्नुभएको छ । आवश्यक परेमा नयाँ संसद्ले विधेयक ल्याएर कानुन बनाउन सक्नेमा अहिलेको सरकारले त्यस्तो गर्न नमिल्ने थापाको तर्क छ। उता नेता डा. शेखर कोइरालाले अध्यादेशमार्फत कानुन संशोधन गरी अदालतले दोषी ठह¥याएका रेशम चौधरीलाई माफी दिने प्रयास गरिनु कानुनी शासन, संसदीय प्रणाली, राजनीतिक र लोकतान्त्रिक मर्मको उपहास भएको टिप्पणी गर्नुभएको छ।

आफू अनुकुलको राजनीतिक सहजताको लागि कानुनलाई बंग्याउने छुट कसैलाई नभएको उहाँले सार्वजनिक सञ्जालमार्फत प्रतिक्रिया दिनुभएको छ। भोलि यसले गलत नजिर बस्न जाने कोइरालाको तर्क छ। अर्का नेता प्रदीप पौडेलले पनि अध्यादेश गलत भएको बताउनुभएको छ। अध्यादेश हिजो पनि गलत थियो आज पनि । पुरानै चलन, हिजोकै प्रवृत्ति रहिरहने हो भने, फरकपनको आभास कसरी हुन्छ ? पौडेलको प्रश्न छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);