पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित किन पसे भारत | ईमाउण्टेन समाचार

Our Network

जेठ २१ २०८३, शुक्रबार

पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित किन पसे भारत

gyanendra

काठमाडौं, १८ फागुन । पूर्वराजा ज्ञानेन्द्र शाह यतिबेला परिवारसहित भारतमा छन् । उनको साथमा पूर्व रानी कोमल, छोरी प्रेरणासहित पूर्व राजपरिवारका सदस्यहरु पनि रहेको जानकारी प्राप्त भएको छ ।

पूर्व राजाका एकजना सहयोगीले माउण्टेन टिभीलाई बताए अनुसार सोमबार पूर्वी नेपालको काकडभिट्टा नाकाबाट सिलगुढी पुगेका थिए । उनको साथमा निकटस्थ र स्वकीय सचिवहरुसहित १९ जना रहेका छन् । पूर्व राजाका विश्वासपात्र सागर तिमिल्सिना पनि साथमै छन् ।

पूर्व राजा शाह दार्जिलिङ र सिक्किमका क्षेत्रहरुमा जाने कार्यक्रम रहेको उनी निकट स्रोतले जानकारी दियो । राजसंस्था अन्त भएपछि पूर्व राजा शाह राजनीतिक रुपमा पनि पहिलोपटक सक्रिय हुन थालेका छन् । उनी एक महिना अघि पूर्वीे झापामा दुर्गा प्रसाईं नेतृत्वको राजनीतिक कार्यक्रममा सार्वजनिक रुपमै उपस्थित भए ।

देशमा लोकतन्त्र दिवसमा वक्तव्य जारी गर्दै पूर्वराजा शाहले राजनीतिक दलहरुलाई सहकार्यको प्रस्ताव समेत गरे । यसले राजनीतिक वृत्तमा नयाँ तरंग आएको छ ।
पूर्वराजा पक्षधरहरुले हिन्दुराष्ट्रसहितको राजसंस्थाको माग गर्दै आएका छन् । उनीहरुले देशव्यापी कार्यक्रम समेत आयोजना गरेका छन् ।

Leave a Reply