माओवादी स्थिर बसेर देशको विकास सम्भव छैन्ः हरिबोल गजुरेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

माओवादी स्थिर बसेर देशको विकास सम्भव छैन्ः हरिबोल गजुरेल

हरिबोल गजुरेल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव हरिबोल गजुरेलले माओवादी स्थिर बसेर देशको विकास सम्भव नरहेको दाबी गर्नुभएको छ ।

बिहीवार कीर्तिपुरमा आयोजित एक कायक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारसमेत रहनुभएका उहाँले यस्तो बताउनुभएको हो । उहाँले पछिल्लो राजनीतिक घटनाक्रमलाई नियालेर आम मानिसहरुले माओवादी केन्द्र अस्थिर भएको भनिरहेपनि अहिलेसम्म माओवादी स्थिर भएको भए देश यो अवस्थामा परिवर्तित हुन नसक्ने दाबी गर्नुभयो । उहाँले माओवादी स्थिर भएर बसिरहेको भए सेना समायोजन, शान्ति प्रक्रियाका कामहरु अघि नबढ्ने दाबी गर्नुभयो ।

उहाँले माओवादी कहिले पछि र कहिले अघि बसेर देशको जिम्मेवारी गरिरहेको उल्लेख गर्नुभयो । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो तेस्रो कार्यकालमा शान्ति प्रक्रियालाई टुंगोमा पु¥याउने र बेपत्ताहरुको समस्या समाधान गर्ने प्रतिवद्धता जनाउनुभएको बताउनु भयो । उहाँले राजनीतिमा अहिले हरेक स्थानमा चुनौति रहेको भन्दै त्यसलाई चिरेर आफू अघि बढ्ने बताउनु भयो । उपमहासचिव गजुरेलले प्रधानमन्त्री दाहाल पदका लागि सत्तामा नगएको पनि दाबी गर्नुभयो ।

उपमहासचिव गजुरेलले प्रधानमन्त्री दाहालले देशलाई सुशासनतर्फ लैजान नै राष्ट्रिय सहमतिलाई पहिलो प्राथमिकतामा राखेर अघि बढेको उल्लेख गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);