रास्वपाले आफुलाई सघाउने एमालेको दाबी, रास्वपा भन्छ– पुस १० को सहमतिलाई मध्यनजर गरेर निर्णय लिन्छौँ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

रास्वपाले आफुलाई सघाउने एमालेको दाबी, रास्वपा भन्छ– पुस १० को सहमतिलाई मध्यनजर गरेर निर्णय लिन्छौँ

काठमाडौं । नेकपा एमालेबाट राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङसहितको टोलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेटवार्ता गरेको छ ।

बिहीवार नेकपा एमालेको प्रतिनिधि मण्डलले राष्ट्रपति निर्वाचन नजिकिँदै गर्दा संसदमा सहभागी हुने राजनीतिक दलहरुसँग भेटघाट गर्ने क्रमस्वरुप नै रास्वपा सभपति लामिछानेसँग भेट गर्नुभएको हो ।

भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले रास्वपाले राष्ट्रपति निर्वाचनमा आफ्नो पार्टीबाट उम्मेदवार दिनुभएका नेम्वाङलाई सहयोग गर्नेकुरा भनाइबाट बुझेको बताउनु भयो । उहाँले यसबेला सरकारले खोजेको सहमतिलाई सहमतिको दिशातर्फ लैजानसक्ने व्यक्ति नेम्वाङ नै रहेको बताउनु भयो । उहाँले रास्वपाले भने आन्तरिक छलफलपछि निर्णय गर्नेकुरा राखेको बताउनु भयो ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले भेटमा एमाले प्रतिनिधिले राष्ट्रपतिमा आफूलाई सहयोग गर्न आग्रह गरेको र आफूहरुले पार्टीको आन्तरिक छलफल पछि निर्णय लिने जानकारी गराएको बताउनु भयो ।

महामन्त्री ढकालले पुस १० गतेको सहमति आफूहरुले मनन गरेको उल्लेख गर्दै त्यसलाई मध्यनजर गरेर बैठकमा छलफल गरी निर्णय गर्नेकुरामा आफ्नो पार्टी रहेको बताउनु भयो । राष्ट्रपति निर्वाचन नजिकिएसँगै उम्मेदवारहरु सांसदहरुलाई भेट्नेक्रममा व्यस्त छन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);